श्रावण १, २०८२ बिहिबार July 17, 2025

नुवाकोट–२ (क) प्रदेशसभामा काँग्रेसका बहादुरसिंह लामा विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ को (क) मा नेपाली कांग्रेसका बहादुरसिंह लामा तामाङ विजयी भएका छन्।

शनिबार बिहान सम्पन्न मत परिणाम अनुसार ८ हजार १ सय २५ मतान्तर सहित तामाङ विजयी बनेका हुन् । लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार बनेका तामाङले १७ हजार २ सय ४९ मत प्राप्त गरेका छन्।

उनको निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) का विजयसिंह लामा तामाङले ९ हजार १ सय २४ मत प्राप्त गरेका छन्। यस निर्वाचन क्षेत्रमा ६ जनाको उम्मेदवारी रहेको थियो। त्यस मध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका रणप्रसाद न्यौपानेले २ हजार ६ सय २६, हाम्रो नेपाली पार्टीका वसन्त सापकोटाले ७ सय ३० र मंगोल नेशनल अर्गनाइजेशनका दिलमान तामाङले १ हजार ९० मत प्राप्त गरेका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार सिंगराज लामाको ३० मत रहेको छ।

यस निर्वाचन क्षेत्रमा ५९ हजार ५ सय २१ मतदाता रहेकोमा मंसिर ४ मा सम्पन्न निर्वाचनमा ३२ हजार १ सय २९ मतदाताले मतदान गरेका थिए। खसेको मत मध्ये ३० हजार ८ सय ४९ मत सदर र १ हजार २ सय ८० मत बदर भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार