काठमाण्डाैंः मुगुमा प्रतिनिधि सभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ऐनबहादुर शाही विजयी भएका छन् । शाही १४ हजार ७ सय २ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
कांग्रेस उम्मेदवार शाहीका प्रतिस्पर्धी नेकपा एमालेका राजबहादुर कार्कीले १० हजार ७ सय ८ मत प्राप्त गरेका छन् । शाही र कार्कीबीच ३ हजार ९ सय ९४ मतान्तर रहेको छ । विजयी भएका शाही नेपाली कांग्रेस मुगुको सभापतिसमेत हुन् ।
त्यस्तै प्रदेश सभा (क) मा एमालेका जितबहादुर मल्ल विजयी भएका छन् । उनले ६ हजार ६ सय १८ र सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का गोपालबहादुर बमले ५ हजार ५ सय ४५ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया