असार २८, २०८२ शनिबार July 12, 2025

सोमाली सेनाद्वारा १५ अल-शबाब लडाकु मारिएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अन्तराष्ट्रिय साझेदारहरूको समर्थनमा रहेको सोमाली सुरक्षा बलले शुक्रबार दक्षिणी सोमालियामा गरेको स्टिङ अपरेसनमा अल-शबाबका १५ लडाकू मारिएका छन्।

सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले सोमालियाको राजधानी मोगादिसुबाट जारी गरेको विज्ञप्ति अनुसार मध्य सोमालियाको गलगादुड क्षेत्रको कयिबमा गरिएको असफल आक्रमणमा अल-शबाब लडाकुहरूको संख्यामा मृत्यु भएको हो।

“खावारीज (अल-शबाब) ले राष्ट्रिय सेना र स्थानीयहरूलाई आक्रमण गर्ने प्रयास गरेपछि आज बिहान कयिब शहरमा भएको लडाईमा भारी पराजय भएको छ,” मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।

त्यसैगरी सेनाले तीन कार बमहरू पनि नष्ट गरेको च ।  असफल आक्रमणको क्रममा दर्जनौं लडाकुहरूलाई मारिएका छन् भने  यो क्षेत्र अब पूर्ण रूपमा सरकार र स्थानीय सेनाको नियन्त्रणमा छ। सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया