श्रावण १, २०८२ बिहिबार July 17, 2025

सिरहाका चारै निर्वाचन क्षेत्रमा एमाले-जसपा गठबन्धन विजय, प्रदेशसभामा मिश्रित परिणाम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सिराहाको चार वटै निर्वाचन क्षेत्रमा एमाले जसपा गठबन्धन निर्वाचित भएका छन् । क्षेत्र नम्बर १ मा एमाले, २ मा जसपा, ३ मा एमाले र ४ नम्बर क्षेत्रमा जसपाका उम्मेदवार निर्वाचित भएका हुन् ।

सिराहा १ मा एमालेका रामशंकर यादव, क्षेत्र नं. २ मा जसपाका नेता राजकिशोर यादव , क्षेत्र नं. ३ मा एमालेकै नेता पूर्व कानुनमन्त्री लिलानाथ श्रेष्ठ पुनः निर्वाचित भएका छन् भन्ने  ४ नम्बर क्षेत्रमा डा. विरेन्द्रप्रसाद महतो निर्वाचित भएका हुन् ।

प्रदेशसभामा मिश्रित परिणाम 

प्रदेशसभातर्फका आठ क्षेत्रमा भने मिश्रित परिणाम आएको छ । एमाले-जसपा गठबन्धन र पाँच दलीय बाम-लोकतान्त्रिक गठबन्धन र अन्य स-साना दलले उम्मेदवारी दिए पनि एमाले गठबन्धन, सत्ता गठबन्धन र जनमत पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।

सिरहा १ (क) मा एमालेका राजेन्द्रप्रसाद चौधरी थारुले विजय भएका छन् । यसैगरी, प्रदेश ‘ख’मा जनता समाजवादी पार्टीका राजकुमार गुप्ता विजय भए ।

क्षेत्र नम्बर २ (क) बाट जनमत पार्टीका संजय यादब र निर्वाचन क्षेत्र नं. २ ‘ख’मा नेकपा एमालेका सत्रुधनप्रसाद सिंह विजय भएका छन् ।

सिरहा ३ ‘क’ मा एमालेका मनोज सिंह विजयी भए भने (ख) मा बाम-लोकतान्त्रिक गठबन्धनका एकीकृत समाजवादीका प्रमोदकुमार यादबले निर्वाचित भएका छन् ।

सिरहा ४ (क) मा प्रदेशसभा सदस्यमा जनमत पार्टीका त्रिभुवन साह निर्वाचित भएका छन् । ‘ख’मा सात्ता गठबन्धनका लोकतान्त्रिक समाजवादी पार्टीका राम बाबु यादव निर्वाचित भएका छन् ।

सिराहाको चार वटै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतगनणा सकिएको र समानुपातिक तर्फको मतगणना जारी रहेकाे मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जनाएका छन् । जिल्लामा दुई लाख २४ हजार ९९ पुरुष, एक लाख ९८ हजार ६ सय ११ महिला र २ अन्य  मतदातासहित जम्मा चार लाख २२ हजार ७१ मतदाता छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार