श्रावण १, २०८२ बिहिबार July 17, 2025

मोरङ-१ मा कांग्रेसका डिगबहादुर लिम्बू विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मोरङ निर्वाचन क्षेत्र नं १ मा सम्पन्न प्रतिनिधी सभा निर्वाचनमा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू निर्वाचित भएका छन् । निर्वाचन कार्यालयका अनुसार लिम्बूले २७ हजार २९७ मत प्राप्त गरेका छन् ।

उहाँका प्रतिस्पर्धी नेकपा एमालेका घनश्याम खतिवडाले २६ हजार ८६७ मत प्राप्त गर्नुभयो । यसअघि २०७४ सालको निर्वाचनमा खतिवडाले लिम्बूलाई पराजित गरेका थिए ।

यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा एमालेका उमाकान्त गौतम विजयी भएका छन् । उनले १३ हजार ५३१ मत प्राप्त गर्नुभयो भने वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट  नेकपा माओवादी केन्द्रका कुशल साम्वाले १० हजार ४ मत प्राप्त गरे ।

यस्तै प्रदेशसभा २ मा एमालेका खड्गबहादुर बस्नेत विजयी भएका छन् । उनले १४ हजार ५३९ मत प्राप्त गरेभने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका उपेन्द्रप्रसाद घिमिरेले १३ हजार ८ सय ६३ मत प्राप्त गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार