असार २८, २०८२ शनिबार July 12, 2025

ताइवानका राष्ट्रपतिले दिईन् दलको अध्यक्षबाट राजीनामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः ताइवानको स्थानीय चुनावमा आफ्नो पार्टीको कमजोर नतिजापछि ताइवानकी राष्ट्रपति साई इङ्ग वेनले शनिबार (नोभेम्बर २६) मा सत्तारुढ दल प्रमुखको पदबाट राजीनामा दिएकी छन् ।

राष्ट्रपतिले स्थानीय चुनावमा चीनको अवहेलना देखाउने प्रक्षेपण गरेकी थिइन् । तर यो प्रक्षेपण मतदाताहरूसँग प्रतिध्वनि गर्न असफल हुनपुग्यो । राजधानी ताइपेई सहित प्रमुख विपक्षी दल कुओमिन्ताङ (केएमटी) ले २१ सहरका मेयर र काउन्टी प्रमुख सिटमध्ये १३ सिट जितेको पछिल्लो रिपोर्टले जनाएको छ ।

शनिबारको मतदान गर्नेको संख्या समेत सन् २०२० को तुलनामा न्यून थियो । ताइवानका छवटा महत्त्वपूर्ण शहरहरूका लागि २०२० मा करिब ७५ प्रतिशतको ठाउँमा अहिले ५९ प्रतिशतले मतदान गरेका छन् ।

राष्ट्रपति साईले यी चुनावहरूलाई स्थानीय मतभन्दा धेरै र महत्वपूर्ण तरिकाले देखाउन खोजेकी थिइन् । उनले ताइवानले कसरी आफ्नो लोकतन्त्रको रक्षा गर्छ भन्ने उदाहरणका रूपमा निर्वाचनलाई विश्वले हेरिरहेको बताइन् ।

चीनले ताइवानलाई आफ्नो क्षेत्र भएको दाबी गरेको छ र स्वशासित टापु फेरि आफैमा गाँभ्न सैन्य बलसमेत प्रयोग गर्न सक्ने भन्दै आएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया