काठमाण्डौंः नेपाली काँग्रेस रामेछापका प्रतिनिधीसभा उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) भारी मतका साथ निर्वाचित भएका छन् । उनले निकतम प्रतिश्पर्धी नेकपा एमालेका उम्मेदवार कैलाश प्रसाद ढुंगेललाई १६ हजार ३ सय ६९ मतको फराकिलो मत अन्तर पारेर प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका हुन् ।
आइतवार बिहान सम्पन्न भएको मतगणना अनुसार काँग्रेसका उम्मेदवार तामाङले ४७ हजार ९९ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका कैलाश प्रसाद ढुंगेलले ३० हजार ७ सय ३० मत प्राप्त गरेका छन् ।
यसपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका तामाङ नेपाली काँग्रेसका जिल्ला पार्टी सभापति समेत हुन । २०७० सालको संविधानसभा चुनावमा समानुपातिकतर्फको सूचीमा पनि उनको नाम परेको थियो । त्यस्तै २०७४ सालको प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार वनेका तामाङ बामगठवन्धनका उम्मेदवारसँग पराजित हुन पुगेका थिए ।
यसैगरी यसपटकको प्रतिनिधिसभा सदस्यमा पराजित वनेका एमालेका नेता ढुंगेल २०७४ सालमा भएको निर्वाचनमा बागमती प्रदेश सभा सदस्य पदमा निर्वाचित भएका थिए । बामगठवन्धनवाट निर्वाचित भएका उनी करिव साढे तीनवर्ष बागमती प्रदेश सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए ।
उनी २०५६ सालको प्रतिनिधिसभा, २०६४ र २०७० को संविधानसभामा नेकपा एमालेको तर्फवाट उम्मेदवार भई पराजित हुन पुगेका थिए । उनी यसपटकको निर्वाचनमा पनि सोही क्षेत्रवाट संघीय संसद पदमा पराजित हुन पुगेका छन् ।
यसैगरी रामेछापबाट बागमती प्रदेश सभा सदस्य पदमा दुवै निर्वाचन क्षेत्रवाट लोकतान्त्रीक गठवन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार बनेका प्रदेशसभा क मा तारानारायण श्रेष्ठ र प्रदेश सभा ख मा युवराज चौलागाई विजयी भएका छन् । प्रदेश (क )मा श्रेष्ठले १७ हजार १ सय ४८ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका शान्तिप्रसाद पौडेलले १५ हजार १ सय ५७ मत प्राप्त गर ।
त्यस्तै प्रदेश (ख) तर्फ लोकतान्त्रीक गठवन्धनका उम्मेदवार युवराज चौलागाईले २२ हजार ९ सय ७९ मत प्राप्त गरि विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मिलन कुमार घिसिङ्गले १८ हजार २ सय ५ मत प्राप्त गरेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया