काठमाण्डौः त्रिभुवन विश्वविद्यालयले यसै शैक्षिक सत्रबाट सेमेस्टरमा आधारित चारवर्षे सामाजिक कार्य (बिएसडब्लू) कार्यक्रम सुरु गरेको छ । यो वर्ष त्रिविका पाँच आंगिक क्याम्पसले अनुमति पाएका काठमाडौं उपत्यकामा सरस्वती क्याम्पसले मात्र अनुमति पाएको छ ।
मानविकी तथा सामाजिकशास्त्र संकाय डिनको कार्यालयअन्तर्गत स्नातक तहमा सेमेस्टर प्रणालीमा आधारित एकल अनुशासकीय चारवर्षे कार्यक्रमका रूपमा बिएसडब्लू सुरु भएको हो । पाँचवटा क्याम्पसलाई शैक्षिक वर्ष ०७९/८० देखि नै कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको हो ।
अनुमति पाउनेमा काठमाडौंको लेखनाथमार्गस्थित सरस्वती बहुमुखी क्याम्पस, इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पस, मोरङको महेन्द्र मोरङ बहुमुखी क्याम्पस, चितवनको वीरेन्द्र बहुमुखी क्याम्पस र कास्कीको पृथ्वीनारायण क्याम्पस छन् ।
यसअघि स्नातक तह (बिए)मा वार्षिक प्रणालीमा एउटा विषय सामाजिक कार्य विषय पढाइ भए पनि एकल अनुशासकीय कार्यक्रम भने पहिलोपटक सञ्चालन हुन लागेको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया