श्रावण १, २०८२ बिहिबार July 17, 2025

रामेछापमा गठबन्धनको ‘क्लिनस्विप’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको रामेछाप जिल्लामा गठबन्धनका उम्मेदवारहरू निर्वाचित भएका छन् ।

प्रतिनिधिसभा सदस्यतर्फ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम)ले ४७ हजार ९८ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कैलाश प्रसाद ढुङ्गेलले–३० हजार ७ सय २९ मत प्राप्त गर्नुभएको छ भने राप्रपाका लाल बहादुर घिसिङले १ हजार ४ सय ८४ मत प्राप्त गरि तेस्रो स्थानमा रहनु भएको छ ।

यसैगरी प्रदेशसभाका दुवै क्षेत्रमा पनि गठबन्धनका उम्मेदवारहरू विजयी हुनुभएको छ ।  क्षेत्र नं (१) मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका तारानारायण श्रेष्ठले १७ हजार १ सय ४८ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शान्ति प्रसाद पौडेलले १५ हजार १५७ मत प्राप्त गर्नुभएको छ । यसैगरी राप्रपाका हिक्मतबहादुर सुनुवार ३, हजार ४ सय ९५ मत प्राप्त गरी तेस्रो हुनुभएको छ ।

प्रदेशसभा २ मा पनि गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका युवराज चौलागाईंले २२ हजार ९ सय ७९ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मिलन कुमार घिसिङले १८ हजार २ सय ५ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी राप्रपाका भरतसिंह वाइबाले २ हजार ७७ मत प्राप्त गर्नुभएको जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालय मन्थली, रामेछापले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार