असार २८, २०८२ शनिबार July 12, 2025

रुस र युक्रेनद्वारा युद्धबन्दी आदानप्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रसिया र युक्रेनले बिहीबार युद्धबन्दी आदानप्रदान गरेका छन् । दुबै पक्षले ५० जना युद्धबन्दी आदानप्रदान गरेका किभ र मस्कोका अधिकारीहरूले जानकारी दिए । रुसी रक्षा मन्त्रालयले युक्रेनले पक्राउ परेका ५० रुसी सैनिकलाई रिहा गरेको जनाएको छ ।

त्यस्तै, युक्रेनी राष्ट्रपति प्रशासनका प्रमुख एन्ड्री येर्माकले युक्रेनले ४८ सैनिक र दुई अफिसरहरू प्राप्त गरेको छ जसमा समुद्री, पैदल सेना, सीमा रक्षक र क्षेत्रीय रक्षाका सदस्यहरू छन् ।

‘हामीले मारिओपोलका १९ रक्षकहरू, चोर्नोबिल आणविक उर्जा केन्द्रका १५ जना र ज्यामिनी टापुबाट सात जना युद्धबन्दीलाई फिर्ता गर्न सफल भएका छौं’, येर्माकले भने ।

रुसी नियन्त्रणमा रहेको युक्रेनको दोनेत्स्क क्षेत्रको मस्को समर्थित प्रमुख डेनिस पुसिलिनले यसअघि किभसँग कैदी आदानप्रदान भइरहेको बताएका थिए ।

फेब्रुवरीमा युक्रेनमा द्वन्द्व सुरु भएदेखि किभ र मस्कोले हालसम्म १ हजारभन्दा बढी युद्धबन्दीहरू आदानप्रदान गरिसकेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया