श्रावण १, २०८२ बिहिबार July 17, 2025

मधेश प्रदेशमा सरकार बनाउन सीके राउतकाे ‘जनमत पार्टी’ निर्णायक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ ६३ क्षेत्रको अन्तिम नतिजा आउँदा कुनै राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त गर्न सकेनन् ।

संघमा बनेको गठबन्धनअुनसार मधेश प्रदेशमा पनि नेपाली कांग्रेस नेतृत्वको वाम लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) कोे गठबन्धन थियो । तर यहाँ सरकार बनाउन सक्ने गरी दुवै गठबन्धनको स्पष्ट बहुमत आउन नसकेपछि सीके राउतकाे जनमत पार्टी र स्वतन्त्र उम्मेदवारको भर पर्नुपर्ने निश्चित देखिएको छ । प्रदेशसभामा प्रत्यक्षतर्फका ६३ क्षेत्रको नतिजा आउँदा वाम लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलले २८ र एमाले नेतृत्वको गठबन्धनले २२ सिट जितेको छ । अन्तिम नतिजा आउन बाँकी धनुषा ४(२) मा एमाले उम्मेदवार अगाडि छन् ।

वाम लोकतान्त्रिक गठबन्धनका दलमध्ये कांग्रेसले १३, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले सात, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले प्रदेशसभामा चार/चार सिट जितेका छन् । यो गठबन्धनमा कांग्रेसले सप्तरी–३(१), धनुषा– ३(१), धनुषा–४(१), सर्लाही–२(१), सर्लाही–२ (२), सर्लाही–४(१), रौटहट–१(१), रौटहट–१(२), रौतहट–३(२), पर्सा–२(१), पर्सा–३(२), पर्सा–४(१) र धनुषा १(१) मा जितेको छ ।

त्यसैगरी लोसपाले पर्सा–२(२), महोत्तरी–२(१), महोत्तरी–३(१), महोत्तरी–३(२), सर्लाही–१(१), सिरहा–४(२) र बारा–४(२) मा जितेको छ । माओवादी केन्द्रले सर्लाही–४(२), महोत्तरी–१(२), रौतहट–४(१) र पर्सा–१(१) मा जितेको छ भने एकीकृत समाजवादीले रौतहट–२(२), सर्लाही–१(२), सिरहा–३(२) र सप्तरी–४(१) मा जितेको हो ।

एमाले–जसपा गठबन्धनमा एमालेले १४ र जसपाले नौ स्थानमा जितेको छ । एमालेले सप्तरी–१(१), सिरहा–१(१), सिरहा–२(२), सिरहा ३(१), धनुषा–१(१), धनुषा–२(१), धनुषा–३(२), रौतहट–२(१), बारा–१(१), बारा ३(१), बारा–४(१), बारा–३(२), महोत्तरी १(१) र महोत्तरी ४(१) मा जितेको छ । जसपाले धनुषा–२(२), पर्सा–१(२), पर्सा–४(२), बारा–१(२), रौतहट–४(२), सर्लाही–३(२), सिरहा–१(२), बारा–२(२) र महोत्तरी ४(२) मा जितेको हो ।

यी दुई गठबन्धनबाहेक जनमत पार्टीले ६ र स्वतन्त्र उम्मेदवारले ६ क्षेत्रमा जितेका छन् । जनमत पार्टीले सप्तरी–१(२), सप्तरी–२(१), सप्तरी–२(२), सप्तरी–३(२), सिरहा–४(१) र सिरहा–२(१) मा जितेको छ भने स्वतन्त्र उम्मेदवारले पर्सा–३(१), बारा–२(१), महोत्तरी–२(२), रौतहट–३(१), सर्लाही–३(१) र सप्तरी–४(२) मा जितेका हुन् ।

समानुपातिकतर्फको अहिलेसम्मको मतअनुसार तीन लाख १७ हजार एक सय १४ मतसहित कांग्रेस पहिलो र दुई लाख ८१ हजार नौ सय दुई मतसहित एमाले दोस्रो स्थानमा छ । त्यसैगरी जसपाले दुई लाख २७ हजार चार सय ७०, जनमत पार्टीले दुई लाख २१ हजार आठ सय ६७, माओवादीले एक लाख ४० हजार आठ सय २८, एकीकृत समाजवादीले ९३ हजार चार सय ६२ र लोसपाले ८० हजार पाँच सय ८० मत प्राप्त गरेको छ ।

अघिल्लो निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ सङ्घीय समाजवादी फोरम (हालको जसपा) ले १९ र राष्ट्रिय जनता पार्टी (हालको लोसपा) ले १५ गरी ३४ सिट जितेका थिए । एक सय सात सदस्यीय मधेश प्रदेशसभामा समानुपातिकसहित जसपाको २९ र लोसपाको २५ सहित स्पष्ट बहुमत थियो । त्यो बेला एमालेको २१, कांग्रेसको १९, माओवादी केन्द्रको ११ र सङ्घीय समाजवादी नेपाल पार्टी नेपालको एक सिट जोड्दा पनि सरकार बन्ने अवस्था थिएन । अहिले भने यी दुवै गठबन्धनले स्पष्ट बहुमत नल्याएपछि जनमत पार्टी र स्वतन्त्र उम्मेदवारको भर पर्नुपर्ने देखिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार