श्रावण १, २०८२ बिहिबार July 17, 2025

माओवादी ललितपुर संयोजक कट्टेल र सचिव पुलामीले दिए राजीनामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा माओवादी केन्द्र ललितपुर संयोजक संयोजक शिवप्रसाद कट्टेल र सचिव दीपक पुलामीले राजीनामा दिएका छन् ।

हालै सम्पन्न आमनिर्वाचनमा माओवादी केन्द्रकी उपमहासचिवसमेत रहेकी ऊर्जामन्त्री पम्फा भुसाल पराजित भएपछि यसको जिम्मेवारी लिँदै नैतिकताको आधारमा उनीहरुले पदबाट राजीनामा दिएका हुन् ।

‘ललितपुर जिल्लामा पार्टीको उपमहासचिव र पोलिटब्युरो सदस्य प्रदेशमा उठनु भएको थियो । तर, काठमाडौं उपत्यकाभित्र माओवादीको पनि राम्रै प्रभाव भएको पनि जिताउन सकिएन,’ कट्टेलले न्युज कारखानासँग भने, ‘गठबन्धनवाट पनि राम्रो मत नआएपछि नैतिकताको आधारमा राजिनामा दिएका हौं, ।’ उनका अनुसार प्रदेश संयोजक सरल सहयात्रीलाई राजीनामा बुझाएर पार्टी पुनर्गठनका लागि नयाँ ढंगले जानका लागि आफूहरुले भूमिका खेलिनेछ ।

ललितपुर क्षेत्र नम्बर ३ बाट भुसाल पराजित भएकी थिइन् । सोही क्षेत्रको प्रदेशसभा १ बाट माओवादी केन्द्रकै राजकाजी महर्जन र ललितपुर क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा माओवादी केन्द्रका हरि दाहाल पराजित भए  ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार