असार २८, २०८२ शनिबार July 12, 2025

मोरक्कोसँगको हारपछि ब्रसेल्समा मच्चियो दंगा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कतारमा जारी विश्वकप खेलमा मोरक्कोले बेल्जियममाथिको जितपछि ब्रसेल्समा दंगा मच्चिएको छ ।

बेल्जियम हारेपछि आक्रोशित बनेका मानिसहरूको एउटा समूहले कार र केही विद्युतीय स्कुटरमा आगजनी गरी दंगा मच्चाएपछि प्रहरीले एक दर्जनभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ ।

बेल्जियमको राजधानीका धेरै ठाउँहरूमा दंगा भएको थियो । दर्जनौं फुटबल प्रशंसकहरू पुलिसँग झडपमा उत्रिएका थिए । दंगा नियन्त्रण गर्न प्रहरीले पानीको छर्रा र अश्रु ग्यास प्रयोग गरेको थियो ।

दंगामा संलग्न व्यक्तिहरूले प्रोजेक्टाइल, लाठी प्रयोग गरी सार्वजनिक राजमार्गमा आगजनी गरेका थिए । आतिशबाजीबाट एक पत्रकारको अनुहारमा चोट लागेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया