काठमाण्डौः नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नयाँ सरकार निमार्णका लागि पार्टीले पहल गर्ने जनाएका छन् । रुपेन्देही–२ बाट निर्वाचित पौडेलले नयाँ सरकार गठनका लागि एमालेले पहल गर्ने बताएका हुन् ।
‘निर्वाचन परिणाम हेर्दा कसैलाई पनि बहुमतको सरकार निमार्णका लागि जनताले म्यान्डेट दिएको अवस्था छैन, त्यसैले राजनीतिक दलहरु मिल्नुपर्ने अवस्था देखिन्छ,’ पौडेलले भने, ‘अध्यक्षलाई निर्वाचनपछिको प्रधानमन्त्री भनेर हामीले घोषणा नै गरेर गएकाले स्वाभाविक रुपमा नयाँ सरकारका लागि एमालेले पहलकदमी गर्नेछ ।’
उनका अनुसार यसबारे अन्य दलसँग एमालेले छलफल चलाउनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया