असार ३१, २०८२ मंगलबार July 15, 2025

कर्णालीमा अझै पुगेन पाठ्यपुस्तक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः शैक्षिक सत्र सुरु भएको मध्यसम्म पनि यहाँका विद्यालयमा सबै पाठ्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइ नै प्रभावित भएको छ । हिमाली जिल्लामा फागुनदेखि नै नयाँ शैक्षिक सत्र सुरु भइसक्छ । तर अहिलेसम्म सबै पाठ्यपुस्तक पाउन नसकेको विद्यार्थीहरूले गुनासो गरेका छन् ।

कर्णाली प्रदेश सरकारले किताब किन्ने जिम्मेवारी पालिकाको भएको भन्दै त्यसको लागि प्रदेश सरकारबाट रकम निकासा भइसकेको बताएको छ । कर्णाली प्रदेश शिक्षा निर्देशनालयका निमित्त शिक्षा निर्देशक दीपा हमालले यस विषयमा स्थानीय सरकारबाट किताब पुग वा अपुग भएको सन्दर्भमा केही जानकारी नआएको बताउनुभयो । उहाँले भन्नुभयो, “सञ्चार माध्यममा किताब अभाव भएको समाचार आइरहेको छ, तर यस विषयमा स्थानीय सरकारले हामीलाई कुनै जानकारी दिएको छैन । प्रदेश सरकारबाट भने किताब किन्नको लागि बजेट निकासा भइसकेको छ ।”

पालिकाहरूले भने किताब किन्ने जिम्मेवारी विद्यालयलाई दिएको बताउँदै आएका छन् । पुस्तकको लागि विद्यालयको खातामा रकम पठाइसकेको तर पुस्तक अभावको कारण विद्यार्थीको हातसम्म पुस्तक उपलब्ध नभएको प्रदेश राजधानी रहेको सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिकाकी शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तुल्सी पुरी वनले बताउनुभयो । “हामीले किताब किन्नको लागि बजेट विद्यालयमा पठाइसकेका छौँ ।” उहाँले भन्नुभयो, “पुस्तक अभाव भइरहेको भन्ने आइरहेको छ । यस विषयमा हामी जानकारी लिने छौँ ।”

यसैबीच, पाठ्यपुस्तक छपाइ तथा बिक्री वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्रीले पाठ्यपुस्तक समयमै छाप्न सकेको छैन । जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख धनबहादुर केसी स्थानीय तह र विद्यालयबिच पाठ्यपुस्तक ढुवानीमा आपसी समन्वय नहुँदा विद्यार्थीले समयमै पुस्तक पाउन नसकेको दाबी गर्नुहुन्छ । तर जनक शिक्षा सामग्री केन्द्रको केन्द्रीय कार्यालयले भने कागजको अभावका कारण पुस्तक छपाइ हुन नसकेको जनाएको छ ।

मतपत्रको लागि भने निर्वाचन आयोगले कागज उपलब्ध गराएको हुनाले मतपत्रको छपाइ चाँडै र सहजै सम्पन्न भएको तर किताब छाप्नको लागि कागजको अभाव रहेको केन्द्रीय कार्यालयका प्रवक्ता चित्रकुमार आचार्यको भनाइ छ । कर्णालीका सामुदायिक विद्यालयका विद्यार्थीहरूले पुस्तक नपाउने समस्या वर्षेनी खेप्दै आएका छन् ।

दैलेख, सुर्खेत र जाजरकोटमा कक्षा–६ को विज्ञान, गणित र अङ्ग्रेजी विषयको छ हजार पुस्तक पुग्न नसकेको बताइएको छ भने कक्षा–८ को विभिन्न विषयको तीन हजार किताब पुग्न सकेको छैन । त्यसैगरी कक्षा–११ र १२ कक्षाको १२ हजार किताब पुग्न नसकेको जनाइएको छ । पाठ्यपुस्तक उपलब्ध गराउने जिम्मेवारी पाएका निकायले भने एकले अर्कोलाई जिम्मेवारी भन्दै पन्छिने गरेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रातमा देखिने यो लक्षण भिटामिन बी12 को कमीको संकेत हुन सक्छ ?
२०८२ असार ३१, मंगलबार
आगामी आवको कार्ययोजनासहितको विवरण पेस गर्न प्राधिकरणको निर्देशन
२०८२ असार ३१, मंगलबार
साम्बालाई कप्तान बनाउने मुख्य प्रशिक्षकलाई सोधियो स्पष्टीकरण
२०८२ असार ३१, मंगलबार
हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवनरक्षा
२०८२ असार ३१, मंगलबार
राजर्षि जनक विश्वविद्यालयको ३७ करोड ९३ लाख रुपैयाँको बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी
२०८२ असार ३१, मंगलबार
धरान-चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा
२०८२ असार ३१, मंगलबार