असार २८, २०८२ शनिबार July 12, 2025

पाकिस्तानी तालिबानद्वारा सरकारसँगको शान्ति सम्झौता भंग गरेको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पाकिस्तानी तालिबानले सरकारसँग भएको शान्ति सम्झौता अन्त्य भएको घोषणा गर्दै देशभर आक्रमण गर्न आफ्ना लडाकुहरूलाई निर्देशन दिएको छ ।

‘विभिन्न क्षेत्रहरूमा मुजाहिद्दीनहरू विरुद्ध सैन्य कारबाही चलिरहेको हुनाले सम्पूर्ण देशमा जहाँ भए पनि आक्रमणहरू गर्नु आवश्यक छ’ सोमबार राति टीटीपीले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ ।

सन् २००७ मा प्रभावमा आएपछि पाकिस्तानभर भएका दर्जनौं हिंसात्मक हमला र सयौँको मृत्युमा तेहरिक– इ–तालिबान पाकिस्तान (टीटीपी) समूह जिम्मेवार छ ।

सन् २०१० मा ठूलो संख्यामा तालिबान लडाकुहरूलाई पाकिस्तानबाट छिमेकी अफगानिस्तानमा धपाइएको थियो । तर, काबुलमा अफगान तालिवानको सत्तामा फर्किएपछि उनीहरूलाई हौसला मिलेको छ ।

जुनमा टीटीपीले पाकिस्तान सरकारसँग युद्धविराम गरेको थियो । तर, सम्झौता उल्लंघन भएको दुबै पक्षले एक अर्कामाथि आरोप लगाउँदै आएका थिए र विभिन्न स्थानमा अनगिन्ति झडप भएका थिए ।एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया