काठमाण्डौंः इरानको रिभोलुसनरी गार्ड मिलिसियाका एक सदस्यलाई गोली हानेर हत्या भएको छ । इस्फाहानको मध्य सहरमा भएको आक्रमणका दोषीको पहिचानका लागि अनुसन्धान भइरहेको स्थानीय डेपुटी गभर्नर मोहम्मद–रेजा जन्नेसरीले जानकारी दिए ।
ती व्यक्ति आइआरजीसी बसिज मिलिशियाको सदस्य रहेको बताइएको छ । नोभेम्बरको मध्यमा इस्फाहानमा मोटरसाइकलमा आएका दुई आक्रमणकारीले सुरक्षा गार्डहरूमाथि स्वचालित हतियार प्रहार गर्दा एक प्रहरी कर्णेल र दुई अर्धसैनिकको मृत्यु भएको थियो ।
दुई महिनाभन्दा बढी लाो समयदेखि चलेको विरोधले इस्लामिक गणतन्त्र इरान अस्तव्यस्त छ। १६ सेप्टेम्बरमा एक युवतीको मृत्युको विरोधमा इरानभर प्रदर्शन चर्किएको छ । प्रदर्शनका क्रममा दर्जनौँको मृत्यु भएको छ भने हजारौँ पक्राउ परेका छन् । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया