काठमाण्डौंः हेराल्ड कलेजको दीक्षान्त समारोह-२०२२ सम्पन्न भएको छ।
दीक्षान्त समारोहमा स्नातक तह पूरा गरेका ३ सय ९६ जनालाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरिएको थियो। समारोहमा बेलायतस्थित उल्भरहेम्टन विश्वविद्यालयका सह उपकुलपति तथा प्रो. भाइस चान्सलर टिम स्टिलले विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए।
दीक्षान्त समारोहमा बोल्दै कलेजका प्रमुख कार्यकारी अधिकृत प्रकाश श्रेष्ठले नेपालमा उत्कृष्ट र गुणस्तरीय शिक्षा प्रदान गर्न सफल कलेज भएको उल्लेख गर्दै कलेजमा अध्ययन गर्ने विद्यार्थीले भविष्यमा सजिलै रोजगारी हासिल गर्न सक्ने दाबी गरे।
कलेजबाट दीक्षित उत्कृष्ट विधार्थीलाई इनोभेट नेपाल ग्रुपले छात्रवृत्ति उपलब्ध गराएको कलेजले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया