असार ३१, २०८२ मंगलबार July 15, 2025

विधार्थीकाे मृत्युपछि धनगढीमा सडक अवरुद्ध पारेर प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कैलालीको धनगढीमा ग्रेडरले कुल्चिदा (किच्दा) एक छात्राको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका ५ हसनपुरमा ना १ क ९७५ नं को ग्रेडरले कुल्चिदा १५ बर्षिया चेतना साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एंव डिएसपी बेदप्रकाश जोशीले बताउनु भयो ।

धनगढी तारानगर बस्ने साउद पञ्चोदय मावि कक्षा ८ मा अध्यनरत विधार्थी हुन् । आज विहान स्कुल जाँदै गरेकी उनलाई ग्रेडरले किचेको प्रत्यक्षदर्शीको भनाई छ ।

सडक लेवल मिलाउदै ग्रेडर ब्याक गर्ने क्रममा साईकलमा रहेकी चेतनालाई कुल्चिएको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सहपाठीको मृत्युपछि आक्रोसित भएका विधार्थीहरुले प्रदर्शन गर्दै हसनपुर (पिपलचौतरा) सडकखण्ड अवरुद्ध गरेका छन् । घटनास्थलमा ठुलो सख्यामा प्रहरी परिचालन गरिएको र ग्रेडर तथा चालकलाई नियन्त्रणमा लिईएको प्रहरीको भनाई छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिपी राजमार्ग राजमार्गका तीन ठाउँमा पहिरो, सडक अवरुद्ध
२०८२ असार ३१, मंगलबार
रातमा देखिने यो लक्षण भिटामिन बी12 को कमीको संकेत हुन सक्छ ?
२०८२ असार ३१, मंगलबार
आगामी आवको कार्ययोजनासहितको विवरण पेस गर्न प्राधिकरणको निर्देशन
२०८२ असार ३१, मंगलबार
साम्बालाई कप्तान बनाउने मुख्य प्रशिक्षकलाई सोधियो स्पष्टीकरण
२०८२ असार ३१, मंगलबार
हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवनरक्षा
२०८२ असार ३१, मंगलबार
राजर्षि जनक विश्वविद्यालयको ३७ करोड ९३ लाख रुपैयाँको बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी
२०८२ असार ३१, मंगलबार