काठमाण्डौंः युरोपेली मुलुक स्पेनमा रहेका अमेरिकी र युक्रेनी दूतावासमा विष्फोटक पदार्थ सहितको चिठी भेटिएको छ ।
मड्रिडस्थित अन्य दूतावासमा समेत सोही प्रकारको चिठी बरामद भएको अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् । स्पेनका अन्य स्थानमा पनि त्यस्ता चिठी पठाइएको हुन सक्ने आंशकामा छानबिन सुरु भएको छ ।
अमेरिका र युक्रेनी दूतावासका कार्यालयमा विष्फोटक पदार्थ सहितका चिठी भेटिएको हो । स्पेनका लागि यु्क्रेनी राजदूतलाई नै सम्बोधन गरी सो विष्फोटक पदार्थ सहितको चिठी पठाइएको अन्तराष्ट्रिय सञ्चारमाध्यामले समाचार सामाग्रीमा उल्लेख गरेका छन् ।
चिठी सन्दर्भमा अन्तरिक्षस्थित स्पेनी सुरक्षा केन्द्रले अध्ययन गरिरहेको युरोपियन युनियनको सुरक्षा केन्द्रले जनाएको छ । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया