असार ३१, २०८२ मंगलबार July 15, 2025

चिकित्सा शिक्षा स्नातकमा त्रिविको उत्तीर्ण दर न्यून

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चिकित्सा शिक्षा स्नातक तहको उत्तीर्ण दर मध्यपश्चिम पछि त्रिभुवन विश्वविद्यालयको थोरै रहेको छ ।

कम विद्यार्थी पास हुने मध्यपश्चिम  पहिलो स्थानमा छ भने त्रिवि दोस्रो स्थानमा रहेको छ । देशको सबैभन्दा पुरानो र धेरै विद्यार्थी भएको त्रिविको विद्यार्थी उत्तीर्ण दर मध्यपश्चिम भन्दा केही बढी र अन्य विश्वविद्यालयको भन्दा न्यून भएको पाइएको हो ।

सो तहमा मध्यपश्चिम विश्वविद्यालयको उत्तीर्ण प्रतिशत ३९.४९ प्रतिशत छ भने सबै संकाय र संस्थानमा धेरै विद्यार्थीको आकर्षण भएको त्रिविको विद्यार्थी उत्तीर्ण दर ४१ प्रतिशत मात्र रहेको छ ।

चिकित्सा शिक्षा स्नातक तहमा अन्य विश्वविद्यालय तथा प्रतिष्ठानको उत्तीर्ण प्रतिश १०० हुँदा त्रिविको उत्तीर्ण दर ४१ मात्र रहेको विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षाको प्रतिवेदन २०२०–२१ मा उल्लेख गरिएको छ ।

सम्बन्धित विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले दिएको तथ्याङ्कका आधारमा आयोगले प्रतिवेदन तयार गरेको हो । आयोगको प्रतिवेदन अनुसार चिकित्सा शिक्षा स्नातक तहको नतिजामा पाटन एकेडेमी अफ हेल्थ साइन्स (पीएएचएस)को उत्तीर्ण दर  १००, शुदुरपश्चिम विश्वविद्यालय (एफडब्लुयु) को ८२, पूर्वाञ्चल विश्वविद्यालय (पीयु) को ६९, लुम्बिनी बौद्ध विश्वविद्यालयको ५१.९८ प्रतिशत रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रातमा देखिने यो लक्षण भिटामिन बी12 को कमीको संकेत हुन सक्छ ?
२०८२ असार ३१, मंगलबार
आगामी आवको कार्ययोजनासहितको विवरण पेस गर्न प्राधिकरणको निर्देशन
२०८२ असार ३१, मंगलबार
साम्बालाई कप्तान बनाउने मुख्य प्रशिक्षकलाई सोधियो स्पष्टीकरण
२०८२ असार ३१, मंगलबार
हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवनरक्षा
२०८२ असार ३१, मंगलबार
राजर्षि जनक विश्वविद्यालयको ३७ करोड ९३ लाख रुपैयाँको बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी
२०८२ असार ३१, मंगलबार
धरान-चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा
२०८२ असार ३१, मंगलबार