असार २९, २०८२ आइतबार July 13, 2025

हिजाब नलगाएको आरोपमा सरकारले इरानी आरोहीको घर भत्कायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः आफ्नो बुर्का नलगाएर विदेशमा प्रतिस्पर्धा गर्ने इरानी पर्वतारोही एलनाज रेकाबीको पारिवारिक भिला भत्काइएको बताइएको छ। ३३ वर्षीया रेकाबीले दक्षिण कोरियामा भएको प्रतियोगितामा इरानको अनिवार्य ड्रेस कोड तोडेकी थिइन् । तर, पछि उनले टाउकोको स्कार्फ अनजानमा खसेको बताएकी थिइन् ।

हेडस्कार्फको विरोधले इरानमा प्रदर्शन उग्र बनेको छ । प्रदर्शनकारीले ड्रेस कोड नमान्ने पर्वतारोहीलाई नायकको रूपमा प्रशंसा गरेका छन् । सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोमा उनको घरको भग्नावशेष र उनले प्राप्त गरेका पदक चौउरमा यत्रतत्र छरिएको अवस्थामा देख्न सकिन्छ । त्यस्तै , उनका भाई (जो शीर्ष धावकसमेत हुन) रोइरहेको भिडियोमा देख्न सकिन्छ ।

सरकार विरोधी कार्यकर्ताहरूले रेखाबीविरुद्ध सरकारले बदला लिएको भन्दै निन्दा गरेका छन् । उक्त फुटेज कहिले खिचिएको भन्ने केही उल्लेख गरिएको छैन् । उनको घर पूर्ण रुपमा भत्किएको अर्धसरकारी समाचार निकाय तासनिमले जनाएको छ । गैरकानुनी ढंगले घर भत्काइएको उक्त समाचार संस्थाले दाबी गरेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार