असार ३१, २०८२ मंगलबार July 15, 2025

शिक्षकको माग गर्दा नगरप्रमुख महत्तोले विद्यालयबाट निकालिदिए विद्यार्थी 

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लोकतन्त्रमा नागरिक अधिकारको माग गर्नु र राज्यले यस्ता अधिकारको ग्यारेण्टी गर्नु दायित्व नै हो । अझ बालबालिका र विद्यार्थीका माग, अधिकार पूरा गर्नु राज्यको पहिलो कर्तव्य पनि हो । तर, गौशाला नगरपालिकाका नगर प्रमुख दिपेन्द्र महतोले भने यि अधिकार रक्षा र मागविरुद्ध धावा बोलेका छन् ।

गौशालास्थित राष्ट्रिय माध्यमिक विद्यालयमा शैक्षिक सत्र सुरु भएदेखि नै शिक्षक अभावको अवस्था छ । शिक्षक नहुँदा यहाँ नियमित पठनपाठन समेत हुन सकेको छैन । यही कारण विद्यार्थीहरूले शिक्षक अभावको समस्या समाधान गर्न उनीसँग माग गरेका थिए । यही क्रममा विद्यार्थीले प्रर्दशन गरिरहेका थिए । तर नगरप्रमुख महतोले उनीहरूलाई धरपकड मात्रै गरेनन प्रदर्शनमा सम्लग्न विद्यार्थीलाई सामूहिक निष्कासन नै गरिदिए ।

विद्यार्थीको माग सम्बोधन गर्नुको सट्टा उनीहरूलाई विद्यालयबाटै निष्कासन गर्नुलाई अभिभावकहरूले नगरप्रमुख महतोको निरकुशताको आरोप लगाएका छन् ।
विद्यार्थीहरूले गौशाला–औरही सडकखण्डमा पर्ने विद्यालयको गेट अगाडि आइतबार चक्काजाम गरेर प्रदर्शन गरेका थिए । ‘अन्तिम परीक्षा आउनै लाग्यो तर शिक्षक नहुँदा पढाइ नै भएको छैन ।’ कक्षा ८ मा अध्यनरत सरिता महतोले भनिन् ।

शिक्षक अभावकै कारण पठनपाठन नभएपछि आफूहरू आन्दोलित भएको उनीहरूले बताएका छन् । ‘सम्बन्धित पक्षले बारम्बार झूठो आश्वासन मात्रै देखाएपछि बाध्य भएर आन्दोलन गर्नु प¥यो । हाम्रो भविष्यमाथि खेलबाड गरे ।’ एक विद्यार्थीले भने, ‘जसरी पनि शिक्षकको पदपूर्ति गराएर पढाइ हुनु पर्ने हाम्रो माग हो ।’

प्रधानाध्यापक शुभकरण यादवका अनुसार नगरप्रमुख महतोको निर्देशनमा विद्यालयका कक्षा ९ र १० मा विद्यार्थीहरूलाई एक साताका लागि निष्काशन गरिएको बताए ।
आन्दोलन साम्य भएपछि विद्यालय आएका नगरप्रमुख महतोले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र यादवलगायत पदाधिकारीलाई तुरुन्त निष्कासन गर्न मौखिक आदेश दिएको प्रधानाध्यापक यादवले जानकारी दिए ।

यता, शिक्षाविद्हरूले महतोको निर्णयप्रति आपत्ति जनाएका छन् । महतोको कदम पुर्णरुपमा पूर्वाग्राही र निरङकुशताको पराकाष्ठा भएको उनीहरूको भनाइ छ ।
मानवअधिकारवादीहरूले पनि महतोको कदम गलत भएको निष्कर्ष निकालेका छन् । अधिकारवादी अजय साहले महतोले विद्यायार्थीको अधिकार मात्र हैन लोकतन्त्रको नै उपहास गरेको आरोप लगाए ।

नगरप्रमुखले भने विद्यार्थीहरुले अनुशासन तोडेको हुनाले एक साताको लागि निष्कासन गरेर कारवाही गरेको बताए ।

विद्यार्थीहरूले शिक्षक अभावमा पढ्न नपाइरहेको गुनासो बढिरहेको बेला सोही विद्यालयमा दुई दिन अगाडि भोजभतेर समेत भएको पाइएको छ ।

सेवा निवृत्त शिक्षकहरूको समूह गठन गर्ने नाममा शनिवार विद्यालय परिसरमा भोजभतेर गरेर फोहोर बनाए स्थानीयको आरोप छ । विद्यालय जस्तो ठाउँमा महतोकै निर्देशनमा भोजभतेर भएको स्थानीयवासी बताउँछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रातमा देखिने यो लक्षण भिटामिन बी12 को कमीको संकेत हुन सक्छ ?
२०८२ असार ३१, मंगलबार
आगामी आवको कार्ययोजनासहितको विवरण पेस गर्न प्राधिकरणको निर्देशन
२०८२ असार ३१, मंगलबार
साम्बालाई कप्तान बनाउने मुख्य प्रशिक्षकलाई सोधियो स्पष्टीकरण
२०८२ असार ३१, मंगलबार
हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवनरक्षा
२०८२ असार ३१, मंगलबार
राजर्षि जनक विश्वविद्यालयको ३७ करोड ९३ लाख रुपैयाँको बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी
२०८२ असार ३१, मंगलबार
धरान-चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा
२०८२ असार ३१, मंगलबार