उहाँले त्यहीँबाट दक्षिण अमेरिकी राष्ट्र पेरूको नौ क्षेत्रमा भइरहेको दोस्रो चरणको चुनावमा आइतबार मतदान गर्नुभएको थियो ।
क्यास्टिलोले प्रस्तावका बावजुद आफ्नो सरकार ‘बहुसंख्यक नागरिकले गठन गरेको’ र ‘जनचाहनाको रक्षा’ गर्न आवश्यक रहेकोमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।
उहाँले आफ्नो सरकार ‘संवादमा संलग्न हुन, संस्थाहरूको सम्मान गर्दै लोकतान्त्रिक तरिकाले अघिबढ्न’ इच्छुक रहेको पनि बताउनुभयो ।
पेरुका राष्ट्रपतिले संसदको पूर्ण अधिवेशनमा सहभागी हुने वा नहुनेबारे पुष्टि गर्नुभएको छैन ।
क्यास्टिलोका वकिल बेन्जी एस्पिनोजाले शनिबार पेरुका राष्ट्रपतिको बहसमा उपस्थिति हुने वा नहुने अझै पुष्टि नभएको तर ‘स्थायी नैतिक अक्षमता’ को कारण महाभियोग प्रस्ताव अघि बढाउन खोजिएको र यो ‘धेरै खुला र अमूर्त’ भएको बताउनु भएको छ ।
पेरुको काङ्ग्रेसले ७३ का विरूद्ध ३२ मतको आधारमा राष्ट्रपतिविरुद्ध महाभियोगको प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।
यहाँको संसदले राष्ट्रपतिमाथि महाअभियोगको प्रस्ताव पारित गर्नका लागि ८७ मतको आवश्यकता हुने संवैधानिक प्रावधान रहेको छ ।-रासस/सिन्हा
प्रतिक्रिया