असार २९, २०८२ आइतबार July 13, 2025

लेडी गागाको कुकुर डुलाउनेमाथि आक्रमण : बन्दुकधारीलाई २१ वर्षको जेल सजाय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लेडी गागाको कुकुर डुलाउनेलाई गोली हानेर घाइते बनाउनेमध्येका एक व्यक्तिलाई २१ वर्षको जेल सजाय सुनाइएको छ । जेम्स हवार्ड ज्याक्सनलाई अदालतले उक्त सजाय सुनाएको हो । ज्याक्सन आक्रमणमा अभियोग लगाइएका पाँच जना मध्ये एक हुन् ।

सन् २०२१ को फेब्रुवरी २४ मा लेडी गागाका तीन वट फ्रान्सेली बुलडगलाई डुलाउँदै गर्दा  रायन फिसरलाई ज्याक्सनसहितको एउटा समूहले गोली हानेको थियो । आक्रमणकारीहरुले भागेर उनका दुई वटा कुकुरहरु कोजी र गुस्ताभ चोरेको थियो । तेस्रो बुलडग मिस एसिया पछि पुलिसले फेला पारेको थियो ।

आक्रमणमा गम्भीर घाइते भएका फिसर बाँच्न भने सफल भएका थिए । गागाले ५ लाख डलर इनाम घोषणा गरेपछि कुकुर फिर्ता गरिएको थियो ।

फिसरले आक्रमणपछि आफ्नो फोक्सोको एक भाग हटाउनु परेको बताए । उनी सोमबारको अदालतको सुनुवाइमा उपस्थित भए । गोलीबारीले आफ्नो जीवन सधैंका लागि परिवर्तन गरेको बताए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार