काठमाडौंः पूर्वाञ्चल विश्वविद्यालय इञ्जिनियरिङ संकायले स्नातक तहमा नयाँ भर्नाका लागि लिइएको प्रवेश परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । शैक्षिक सत्र २०७९/०८० का लागि मंसिर १७ गते सञ्चालन गरिएको प्रवेश परीक्षाको परीक्षाफल योग्यताक्रम सूची अनुसार प्रकाशित गरेको हो ।
नतिजा प्रकाशन पछि कलेजहरुले संलग्न प्रवेश परीक्षाको परीक्षाफलको योग्यता सूची अनुसार विश्वविद्यालयले तोकेको भर्ना संख्याका आधारमा आरक्षित तर्फको ५ प्रतिशत छात्रवृत्ति सिट खाली राखेर भर्ना गर्न सक्ने इञ्जिनियरिङ संकायका डीन प्रा.देवी प्रसाद भट्टराइले बताए ।
त्यसैगरी तोकिएको शैक्षिक मापदण्ड भित्र रहेर आवेदकहरुबाट मंसिर २७ गतेभित्र भर्ना गरिसक्नुपर्ने र २९ गते भर्ना भएका विद्यार्थीहरुको सम्बन्धित शैक्षिक कार्यक्रम अनुसारको विवरण खुलाई इञ्जिनियरिङ संकाय डीनको कार्यलयमा जानकारी गराउन निर्देशन दिएको छ ।
प्रवेश परीक्षाका लागि २ हजार ७ सय ८० जनाले आवेदन दिएका थिए भने परीक्षामा ७६.४ प्रतिशतको सहभागि रहेको थियो । सहभागि मध्ये ८५ प्रतिशत परीक्षार्थीले नाम निकाल्न सफल भएका छन् । खबरएजुकेशन
यहाँबाट हेर्नुहोस नतिजा :
प्रतिक्रिया