काठमाण्डौंः युरोपेली आयोगले बुधबार युक्रेन आक्रमणलाई लिएर रुसविरुद्ध थप प्रतिबन्धको नवौं प्याकेज प्रस्ताव गरेको छ। युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले सो प्रस्ताव घोषणा गर्दै थप प्रतिबन्धले रुसमा दबाब बढाउने बताएकी छन्।
‘रूसले युक्रेनमा मृत्यु र विनाशको शृङ्खला जारी राखेको छ। यसले जाडो यामको शुरुमा युक्रेनलाई ऊर्जाविहीन बनाउँने उद्देश्यले नागरिक पूर्वाधारलाई जानाजानी निशाना बनाएको छ।
हामी युक्रेनको पक्षमा उभिरहेका छौं र हामी रूसलाई यसको क्रूरताको लागि जवाफ दिदैछौं,’ उर्सुला भोन डरले बताइन्। युरोपेली आयोगले रुसी सशस्त्र बल, रक्षा औद्योगिक कम्पनि सहित २०० थप व्यक्ति र संस्थाहरूविरुद्ध प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ। एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया