असार २९, २०८२ आइतबार July 13, 2025

आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी उत्पादन वृद्धि गर्नु आवश्यक : राष्ट्रपति भण्डारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली हस्तकलाको प्रवद्र्धनमार्फत स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणमा जोड दिनुभएको छ । नेपाल हस्तकला महासङ्घले आज यहाँ आयोजना गरेको १९औँ हस्तकला व्यापार मेला तथा १७औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै उहाँले आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन प्रवद्र्धन आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले नेपाली हस्तकला तुलनात्मक लाभको रूपमा रहनुका साथै नेपालको पहिचान एवं गरिमालाई अन्तराष्ट्रियरूपमा प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । उहाँले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमा उत्पादित सामग्रीको निर्यात प्रवद्र्र्धन गर्न सकेमात्र मुलुकको चुलिँदो व्यापार घाटा कम गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

मेलाले उत्पादन र उपभोक्तालाई आपसमा जोड्नुका साथै नेपाली मौलिक हस्तकलाको प्रवद्र्धनमा टेवा पुग्ने उल्लेख गर्दै उहाँले देशको सामुदायिक एवं सांस्कृतिक विविधतालाई समेटी नेपाली हस्तकलाका सामग्रीलाई व्यापक विस्तार गरिनुपर्नेमा जोड दिनुभयो ।

हस्तकलाका सामग्रीसहित स्वदेशी उत्पादन प्रोत्साहनका लागि सरकारले विशेष प्राथमिकता दिएको भन्दै राष्ट्रपति भण्डारीले यसबाट स्वदेशी हस्तकलालगायत उद्योगको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हस्तकलाको निर्यात प्रवद्र्धन गरी बढ्दो व्यापारघाटा न्यूनीकरण गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाली मौलिक हस्तकलामार्फत पर्यटन प्रवद्र्धनका योजनाबद्ध कार्यक्रम ल्याइनुपर्ने धारणा राख्नुभयो ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले हस्तकलाको प्रवद्र्धन विकास गर्न महासङ्घले खेलेको भूमिकाको सराहना गर्दै नेपाली हस्तकलासम्बन्धी नीतिगत सुधार र नेपाली उत्पादनको उपभोग बढाउन जरुरी रहेको बताउनुभयो । महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले नेपालको मौलिक व्यवसायको प्रवद्र्धनका लागि लामो समयदेखि मेलाको आयोजना गरिँदै आएको जानकारी दिनुभयो ।

हस्तकला व्यापार मेला

महासङ्घको आयोजनामा आजदेखि होटल हायातमा १९औँ हस्तकला व्यापार मेला तथा १७औँ हस्तकला प्रतियोगिता आयोजना भएको छ । नेपाली उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबीच व्यावसायिक सम्बन्ध विकास, विदेशी हस्तकला आयातकर्ता र उपभोक्तालाई एकै स्थानमा भेला गराई हस्तकला वस्तुको बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यका साथ मेला आयोजना गरिएको संयोजक डिल्लीरत्न तुलाधरले जानकारी दिनुभयो ।

मेलामार्फत एउटै छातामुनि हस्तकला प्रदर्शनी, उत्कृष्ट व्यापारिक कक्ष प्रतियोगिता, परम्परागत र नवोदित हस्तकलाको जीवन्त सीप प्रदर्शनी, अमूर्त सांस्कृतिक सम्पदाको उजागर गरिने उहाँले उल्लेख गर्नुभयो ।

मङ्सिर २७ गतेसम्म सञ्चालन हुने मेलामा चारवटा प्याभिलियनसहित करिब एक सय ३० स्टल रहने आयोजकले जनाएको छ । महासङ्घका अनुसार हाल करिब रु १२ अर्ब बराबरका हस्तकला विश्वका ६० भन्दा बढी मुलुकमा निर्यात हुँदै आएको छ । वार्षिक कुल रु २४ अर्ब हाराहारीको हस्तकलाको कारोबार हुने गरेको छ । त्यस्तै हस्तकला उद्योग व्यवसायमा करिब आठ लाख व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा संलग्न रहेको महासङ्घले जनाएको छ । -रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार