असार २९, २०८२ आइतबार July 13, 2025

अमेरिकाद्वारा दुई चिनियाँ अधिकारीमाथि प्रतिबन्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकाले दुई वरिष्ठ चिनियाँ अधिकारीहरूलाई तिब्बतमा ‘गम्भीर मानवअधिकार दुरुपयोग’ को आरोपमा प्रतिबन्ध लगाएको छ, जसमा कथित यातना र कैदीहरूको हत्या र जबरजस्ती नसबंदी समावेश छ ।

अमेरिकाले सन् २०१६ देखि सन् २०२१ सम्म तिब्बतमा चीनको प्रमुख वु यिंगजी र सन् २०१८ देखि हिमालय क्षेत्रमा चीनका प्रहरी प्रमुख झाङ होङ्बोको कुनै पनि अमेरिकी सम्पत्ति र अपराधिक लेनदेनलाई रोक्का गरेको छ ।

गत महिना बालीमा इन्डोनेसिया राष्ट्रपतिहरू जो बाइडेन र सी जिनपिङबीचको भेटमा वार्तालाई अगाडि बढाउन सहमत भएदेखि संयुक्त राज्य अमेरिका र चीनबीचको तनाव सापेक्षिक रूपमा कम भए पनि अमेरिकाले चिनियाँ नागरिकमाथि प्रतिबन्धको घोषणा गरेको हो ।

‘हाम्रो कार्यहरूले तिब्बत स्वायत्त क्षेत्रका धार्मिक अल्पसंख्यक समूहका सदस्यहरूलाई जनवादी गणतन्त्र चीनको स्वेच्छाचारी नजरबन्द र शारीरिक दुव्र्यवहारलाई बाधा पु¥याउने र रोक्ने लक्ष्य राख्दछ’ विदेशमन्त्री एन्टोनी ब्लिन्केनले एक विज्ञप्तिमा भने ।

वूले तिब्बतमा ‘स्थायित्व’ को नीति निर्देशन दिए जसमा ‘गम्भीर मानवअधिकार हनन, गैरन्यायिक हत्या, शारीरिक दुव्र्यवहार, स्वेच्छाचारी गिरफ्तारी र सामूहिक थुनामा राख्ने’ समावेश छ, ट्रेजरी मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार