असार २९, २०८२ आइतबार July 13, 2025

दक्षिण कोरियामा भागदौड प्रकरणः गृहमन्त्रीलाई बर्खास्त गर्न संसदको आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः दक्षिण कोरियाको संसद्ले इटावोनमा ह्यालोविन उत्सवमा भएको ठूलो मानवीय क्षतिमा सरकारको ‘रेसपोन्स’लाई लिएर गृहमन्त्रीलाई बर्खास्त गर्न आह्वानको प्रस्ताव पारित गरेको छ ।

अक्टोबर २९ मा उत्सव मनाउने क्रममा भाडदौड हुँदा १५६ जनाको मृत्यु हुनुका साथै १५२ जना घाइते भएका थिए । उक्त घटनापछि गृहमन्त्री ली साङ–मिनमाथि राजीनामा दिन दबाब बढेको छ ।

विपक्षीको बाहुल्यता रहेको संसदले आइतबार उक्त प्रस्ताव पारित गरेको हो । तर, राष्ट्रपति युन सुक-योलले गृहमन्त्रीको  राजीनामाको मागलाई अस्वीकार गर्ने अनुमान गरिएको छ । राष्ट्रपतिले प्रस्ताव अस्वीकार गरेमा डेमोक्र्याटिक पार्टीले मन्त्रीलाई महाभियोग लगाउने चेतावनी दिएको योनहाप समाचार संस्थाले जनाएको छ ।

आन्तरिक मन्त्रालयले दक्षिण कोरियाको पुलिसको निरीक्षण गर्दछ, जसलाई सियोलको इटावनमा भएको घटनाका लागि आलोचना गरिएको छ । देशका प्रहरी प्रमुख युन हे–कुनले आपतकालीन जबाफ ‘अपर्याप्त’ भएको भन्दै घटनाबारे पूर्ण अनुसन्धान गर्ने वाचा गरे । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार