असार २९, २०८२ आइतबार July 13, 2025

चीन र अरब लिगका सदस्य राष्ट्रबीच पारस्परिक सहयोग सुदृढ गर्ने सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चीन र अरब लिगका सदस्य राष्ट्रबीच पारस्परिक सहयोग सुदृढ गर्ने सहमति भएको छ ।

चीनका राष्ट्रपति सी चिनफिङको साउदी अरबको राजकीय भ्रमणका क्रममा त्यस्तो सहमति भएको हो । राष्ट्रपति सीसहित अरब लिगका २१ सदस्य राष्ट्रको सहभागितामा गत शुक्रबार भएको चीन–अरब राष्ट्र शिखर सम्मेलनमा आपसी सहयोग अभिवृद्धि तथा साझा भविष्य निर्माणका निम्ति चीन– अरब समुदायबीच सहयोग सुदृढ गर्ने सहमति भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

पहिलोपटक भएको उक्त शिखर सम्मेलनले जारी गरेको रियाद घोषणापत्रमा चीन–अरब राष्ट्रबीच सहयोगका क्षेत्र विस्तार गर्ने, रणनीतिक साझेदारीलाई अझ फराकिलो बनाउन सम्भावनाको खोजी गर्ने तथा चीन–अरब राष्ट्र सहयोग मञ्चको प्रारुपअन्तर्गत आपसी सहयोगलाई सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गरिएको छ । एकचीन सिद्धान्तको पालना, ताइवान चीनको अविभाज्य भूभाग भएको वास्तविकताप्रति दृढ समर्थन चीनको सार्वभौमिकसत्ता र क्षेत्रीय अखण्डताको रक्षाका खातिर सहयोग गर्नेमा पनि घोषणापत्रमा विशेष जोड दिइएको छ ।

सिरिया, लिबिया र यमनलगायत क्षेत्रीय सङ्कटको राजनीतिक समाधान अन्तर्राष्ट्रिय सम्झौता र सिद्धान्तका आधारमा गर्न क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय प्रयास हुनुपर्नेमा चीन र अरब लिगका नेताहरूले आह्वान गरेका छन् । शिखर सम्मेलनमा सहभागी नेताले युक्रेन सङ्कटको राजनीतिक समाधान खोजिनुपर्नेमा जोड दिँदै राष्ट्रसङ्घीय बडापत्रका सिद्धान्त, राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका मूल्यमान्यताअनुसार शान्तिसुरक्षा कायम गर्ने वैश्विक प्रयासमा समर्थन गर्ने बताएका छन् ।एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार