असार ३१, २०८२ मंगलबार July 15, 2025

राइनासमा शैक्षिक सुधार कार्यक्रम सन्चालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लमजुङको राइनास नगरपालिकामा शैक्षिक सुधार कार्यक्रम सञ्चालन भएको छ ।

कार्यक्रमअन्तर्गत सरोकारवालाहरुले विद्यालय पुग्ने, अवस्था हेर्ने, शैक्षिक अवस्थाबारे शिक्षक, अभिभावकसँग छलफल गर्ने गरिएकाे छ । सामुदायिक र निजी विद्यालय दुवैको शैक्षिक गुणस्तरमा ध्यान दिँदै अभियान चलाएको नगरपालिकाले जनाएको छ ।

नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव पूर्णबहादुर अछामीका अनुसार विद्यालय शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयको अवलोकन तथा अनुगमनको काम भइरहेको छ ।

शैक्षिक गुणस्तर खस्कनुका कारण पत्ता लगाउने र समाधानका लागि कार्यक्रम सञ्चालन भएको छ । आगामी दिनमा गर्नुपर्ने कामबारे छलफल गर्ने गरिएको छ ।

हालसम्म सात वटा विद्यालयमा अनुगमन भइसकेको छ । अन्य विद्यालयमा पनि जाने नगरपालिकाले जनाएको छ । अनुगमनको क्रममा नगरपालिका प्रमुख खड्गबहादुर गुरुङ, उपप्रमुख पुष्पराज खनाल, प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुँयल, शिक्षा शाखा प्रमुख पूर्णबहादुर अछामी, शाखा अधिकृत पूर्णबहादुर नेपाली, सामाजिक विकास संयोजक बलराम पराजुलीलगायत पुगेका छन् ।

अनुगमनको विवरण नगर कार्यपालिकाको बैठकमा पेस गरिनेछ । बैठकमा छलफलपछि थप कार्य अघि बढाइने नगरपालिकाले जनाएको छ । नगरपालिकामा ४१ वटा विद्यालय छन् । ३६ वटा सामुदायिक र ५ वटा निजी विद्यालय छन् । माध्यमिक विद्यालय ११ वटा छन् । एउटा निजी विद्यालय सञ्चालन भएको छैन । दैनिक जसो अनुगमनको काम भइरहेको नगर प्रमुख खड्गबहादुर गुरुङले बताए।

विद्यालयका लागि फारम समेत बनाइएको छ । विद्यालय पुगेर फारम भर्ने, छलफल गर्ने, राय सुझाव दिने गरिएको छ । त्यहाँको शैक्षिक, भौतिक, प्राकृतिक वातावरण, सामग्री, भवन, विज्ञान सामग्रीलगायत हेर्ने गरिएको छ । न्यूजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया