असार २९, २०८२ आइतबार July 13, 2025

सोमालियामा अल-शबाबका ८८ लडाकू मारिएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सोमालियामा अन्तर्राष्ट्रिय साझेदारको सहयोगमा सुरक्षा बलले अल–शबाबका ८८ लडाकूलाई मारेको एक अधिकारीले बताएका छन् ।

उपसूचनामन्त्री अब्दिरहमान युसुफ अल अदालाले बिहीबार राति सरकारी टेलिभिजनलाई दिएको जानकारीअनुसार सुरक्षा बलले मध्य शाबेल क्षेत्रको जुहाय गाउँको विशाल जङ्गलमा आक्रमण गरेका र चरमपन्थी समूहहरूले प्रयोग गर्दै आएका हतियार र उपकरणहरू पनि बरामद गरेका छन् ।

अलअदालाका अनुसार आक्रमणको योजना बनाउन जङ्गलमा समूहबद्ध भएका लडाकूहरूको उपस्थितिबारे पूर्व गुप्तचर सूचनाका साथ यो अभियान सुरु गरिएको थियो ।

सोमालियाको मध्य भागमा हालैका दिनहरूमा सरकारी फौजले अल–शबाबविरुद्ध कैयौँ अभियान चलाएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार