असार २९, २०८२ आइतबार July 13, 2025

पाकिस्तानी विदेशमन्त्रीले मोदीलाई ‘गुजरातको कसाइ’ भनेपछि…

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतले पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टोले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि गरेको व्यक्तिगत आक्रमणको निन्दा गरेको छ । संयुक्त राष्ट्र संघमा बिलावल भुट्टोको मोदी लक्षित टिप्पणीको निन्दा गर्दै नयाँ दिल्लीले पाकिस्तानसँग भारतलाई आक्षेप लगाउने प्रमाणको अभाव रेको भन्दै ‘मेक इन पाकिस्तान आतंकवाद’ रोक्नुपर्ने बताएको छ ।

मोदीप्रति टिप्पणी गर्दै बिलावल भुट्टोले भनेका थिए, ‘ओसामा बिन लादेन मरेका छन्, तर गुजरातको कसाई जीवित छन् र उनी भारतका प्रधानमन्त्री हुन । ’

‘यी टिप्पणीहरू पाकिस्तानका लागि पनि नयाँ न्यून हो । पाकिस्तानका विदेशमन्त्रीले स्पष्ट रूपमा सन् १९७१ मा यो दिन बिर्सेका छन्, जुन पाकिस्तानी शासकहरूले जातीय बंगाली र हिन्दूहरुविरुद्ध गरेको नरसंहारको प्रत्यक्ष परिणाम थियो, भारतीय विदेशमन्त्रालयले मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । पाकिस्तानले आफ्ना अल्पसंख्यकहरुको व्यवहारमा धेरै परिवर्तन नगरेको पनि भारतले आरोप लगाएको छ ।

बिलाबालको अभिव्यक्तिलाई लिएर भारतका अन्य मन्त्रीहरुले पनि विरोध जनाएका छन् । केन्द्रीय मन्त्रीहरूले  बिलावाललाई ‘मानसिक रूपमा भ्रष्ट  र गैरजिम्मेवार’ भनेका छन् ।

केन्द्रीय सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरले टिप्पणीलाई “नराम्रो र लाजमर्दो“ भनेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार