असार ३१, २०८२ मंगलबार July 15, 2025

मुस्ताङका शैक्षिक संस्थाहरू दुई महिना बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मुस्ताङमा दुई महिनाका लागि विद्यालय बन्द भएका छन्। अत्यधिक चिसोसँगै सम्भावित हिमपातले जनजीवन कष्टकर हुने भएकाले मुस्ताङका शैक्षिक संस्थाहरूलाई पुसको पहिलो हप्तादेखि हिउँदे बिदा दिइएको हो।

मुस्ताङका ३४ सामुदायिक विद्यालयमध्ये लोमान्थाङ गापाको ३, लोघेकर दामोदरकुण्डको ७ र वारागुङ मुक्तिक्षेत्रका दुई गरी कुल १२ वटा विद्यालयहरू घुम्ती कक्षाका लागि पोखरा स्थान्तरण गरिसकिएको छ।

यसबाहेक २२ वटा सामुदायिक विद्यालयहरूलाई सम्बन्धित शिक्षा शाखाको समन्वयमा पुसको पहिलो हप्तादेखि २ महिना लामो हिउँदे बिदा दिएर शैक्षिक पठनपाठन पूर्ण रूपमा बन्द गरिएको शिक्षा विकास तथा समन्वय इकाई मुस्ताङका सूचना अधिकारी चन्द्रसिंह विकले जानकारी दिए।

उनका अनुसार घुम्ती कक्षाका लागि झरेका विद्यालयबाहेक अन्य विद्यालयहरूले चालु वर्षको वार्षिक परीक्षा सकेका छन्। उनीहरूलाई परीक्षा सकेर हिउँदे बिदा दिइएको बताए।

यहाँका सामुदायिक विद्यालयहरूमा ३ हजार ८७५ जना विद्यार्थी छन्। लोमान्थाङको राष्ट्रिय आविलाई पोखरा किमबेसी, दिव्यदीप माविलाई पोखरा विजयपुर र जिन्जु आवि छोन्हुपलाइए पोखरा हेम्जामा स्थान्तरण गरिएको हो।

उनले चिसोका कारण बेसी झरेका विद्यालयका वार्षिक परीक्षा चैत्र महिनामा हुने र नयाँ शत्रको पढाइका लागि बैशाख महिनामा उकालो उक्लिने छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँके र सुर्खेतमा अफिम र नक्कली नोटको कारोबारमा संलग्न गिरोह प्रहरी फन्दामा
२०८२ असार ३१, मंगलबार
कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा
२०८२ असार ३१, मंगलबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ह्वात्तै घट्यो (सूची हेर्नुहोस्)
२०८२ असार ३१, मंगलबार
परराष्ट्र मन्त्रालयको पुनसंरचना, कूटनीतिक सक्रियता र उच्चस्तरीय भेटवार्ता
२०८२ असार ३१, मंगलबार
सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री
२०८२ असार ३१, मंगलबार
एकै आर्थिक वर्षमा सबै जिल्ला पूर्णखोप घोषणा
२०८२ असार ३१, मंगलबार