असार ३१, २०८२ मंगलबार July 15, 2025

कक्षा ११ र १२ को कम्प्युटर विज्ञान बिषयको समूह परिवर्तन नहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले साधारण धारतर्फ कक्षा ११ र १२ मा अध्ययन हुने कम्प्युटर साइन्स विषय समूह परिवर्तन नहुने जनाएको छ ।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को निर्णय अनुसार शैक्षिक सत्र २०७९/८० का लागि समूह परिवर्तन गरेको जनाएको छ । तर, कम्युटर साइन्सको समूह परिवर्तन गरेपनि अधिकांश विद्यालयले सूचना नपाएको भन्दै पुरानै अर्थात चौथो समूहमा नै राखेर अध्यापन गराउँदै आएको थियो । कतिपय विद्यालयले शैक्षिक सत्रको बीचमा समूह परिवर्तन गरिएको भन्दै विद्यार्थीले असन्तुष्टि जनाएका छन् ।

बोर्डले कक्षा ११ को रजिष्ट्रेशन फाराम भर्ने सूचना जारी गर्दा समूह परिवर्तनको पनि सूचना जारी गरेको थियो । तर, केही विद्यालयहरूले सूचना अवगत नभएका कारण कम्प्युटर साइन्स विषयलाई चौथो समूहमा नै समूहीकृत गरी पठनपाठन गरेको र परिवर्तन गर्न समस्या परेको जनाएपछि हालका लागि साविककै समूहमा राखी निरन्तरता दिन बोर्डले सूचना जारी गरेको छ ।

आगामी शैक्षिक सत्रबाट भने अनिवार्य रुपमा कम्प्युटर साइन्स विषय दोस्रो समूहमा समूहीकृत हुने व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् बैठक एक साताका लागि स्थगित
२०८२ असार ३१, मंगलबार
एमालेको ‘सदस्यता नवीकरण पूर्वअनिवार्य रूपमा परीक्षा दिनुपर्ने’
२०८२ असार ३१, मंगलबार
आगामी १० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछः ऊर्जा मन्त्री खड्का
२०८२ असार ३१, मंगलबार
नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा
२०८२ असार ३१, मंगलबार
भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने
२०८२ असार ३१, मंगलबार
‘ग्रास रुट’ अभियानले कार्यकर्तासँगको सम्बन्ध सुधार गरेको एमालेको निष्कर्ष
२०८२ असार ३१, मंगलबार
राष्ट्रियसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
२०८२ असार ३१, मंगलबार