असार २८, २०८२ शनिबार July 12, 2025

राष्ट्रपतिद्वारा नवनियुक्त प्रधानमन्त्री दाहाललाई पद तथा गोपनीयताको शपथ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा आइतबार मात्रै प्रधानमन्त्रीमा नियुक्त नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाललाई नेपालको ४४औँ प्रधानमन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको उपस्थिति थियो ।

त्यस्तै, समारोहमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायतको उपस्थिति थियो ।

त्यसैगरी, समारोहमा संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, विभिन्न राजनीतिक दलका नेता, यहाँस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया