असार ३१, २०८२ मंगलबार July 15, 2025

अझैपनि विद्यालयमा छुवाछुतको पराकाष्ठा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जयपृथ्वी नगरपालिका–८ का असिम विक कक्षा २ मा पढ्छन् । गाउँनजिकैको जालपा आधारभूत विद्यालयमा अध्ययनरत विकसँगै अन्य १४ बालबालिका एउटै कक्षा कोठामा मिलेर लेखपढ गर्छन् । १५ मध्ये अन्य गैरदलित बालबालिका हुन् ।

दलित समुदायका बालक असिम मात्रै हुन् । त्यसो त, कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा कुल ८८ बालबालिका छन् । जसमध्ये ३२ बालबालिका दलित समुदायका र ५६ गैरदलित समुदायका छन् । विद्यालयमा एक कार्यालय सहयोगीबाहेक अन्य ७ शिक्षकशिक्षिका छन् । कक्षा कोठामा खेल्दा, बस्दा साथीसँगै हुने असिम विद्यालयबाट पाइने खाजा खाँदा भने एक्लै हुन्छन् । उनको कक्षा कोठाका सबै साथी नास्ता खान घर पुग्छन् ।

उनी भने विद्यालयबाट खाजा खान घर जाँदैनन् । विश्व खाद्य कार्यक्रमको सहयोगमा सो विद्यालयमा ‘विद्यालय दिवा खाजा कार्यक्रम, विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम, प्रारम्भिक तह पढाइ कार्यक्रम र स्थानीय उत्पादनमा आधारित दिवाखाजा कार्यक्रम’ लागू छन् । यी कार्यक्रमअन्तर्गत आवश्यक पोष्टिक आहार सन्तुलन मिलाई खाजा पकाइन्छ । असिम यहीँ खाजा खान्छन् ।

तर, उनको कक्षाकोठाका साथी घर जान्छन् । असिम प्रतिनिधि पात्र मात्रै हुन् । उनीसँग खाजा खाने अन्य दलित समुदायका बालबालिका मात्रै हुन्छन् । गैरदलित समुदायका भने कोही घर जाने र कोही विद्यालयमै खाजा ल्याएर खाने गरेका छन् । कार्यालय सहयोगी दलित समुदायको भएका कारण ‘आफूहरूले विद्यालयमा खाजा नखाने गरेको’ गैरदलित समुदायका बालबालिका स्वीकार्छन् ।

गैरदलित समुदायकी एक बालिकाले भनिन्, ‘खाजा खाने मन त हुन्छ नि १ हामीलाई पढाउने शिक्षकशिक्षिका नै खान मान्नुहुन्न । उहाँहरू नै खानुहुन्न भन्नुहुन्छ । अनि हाम्रो घरपरिवारका सदस्यले पनि नखानु भन्छन् । अनिष्ट हुने राम्रो नहुने भनेपछि हामी पनि डरले खाँदैनौं ।’ अर्का विद्यार्थीले भने ‘केही समयअघि आफूले विद्यालयमा पकाएको खाजा खाएको तर त्यो नास्ता खाएपछि पेट दुखेकाले नखाएको’ बताउँदै चलाखी गर्न खोजेको देखिए ।

अर्का एक बालिकाले ‘घरमा पूजाआजा गर्ने भएका कारण र अभिभावकले विद्यालयमा पाकेको नास्ता खानुहुन्न भनेकाले विद्यालयको नास्ता छोडेर घरमा गएर खाजा खाने गरेको’ सुनाए । तर, उनीहरू ‘सरहरूले खाए आफूहरू पनि खाने’ बताउँछन् । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् बैठक एक साताका लागि स्थगित
२०८२ असार ३१, मंगलबार
एमालेको ‘सदस्यता नवीकरण पूर्वअनिवार्य रूपमा परीक्षा दिनुपर्ने’
२०८२ असार ३१, मंगलबार
आगामी १० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछः ऊर्जा मन्त्री खड्का
२०८२ असार ३१, मंगलबार
नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा
२०८२ असार ३१, मंगलबार
भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने
२०८२ असार ३१, मंगलबार
‘ग्रास रुट’ अभियानले कार्यकर्तासँगको सम्बन्ध सुधार गरेको एमालेको निष्कर्ष
२०८२ असार ३१, मंगलबार
राष्ट्रियसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
२०८२ असार ३१, मंगलबार