असार ३१, २०८२ मंगलबार July 15, 2025

बालकन्या प्राविको भवन जीर्ण हुँदा पठन-पाठनमा कठिनाइ, शिक्षक दरबन्दीविहीन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्माको तालखर्कस्थित बालकन्या प्राविको भवन जीर्ण हुँदा पठन-पाठनमा कठिनाइ भइरहेको छ । आवश्यक भवन तथा फर्निचरको व्यवस्था नहुँदा शैक्षिक क्रियाकलाप प्रभावित भएको प्रधानाध्यापक प्रकाश राई बताउँछन् ।

१५ वडा रहेको नगरका सबै विद्यालयमा पक्की भवन निर्माण हुँदा बालकन्या प्राविमा २०४४ र २०४६ सालमा बनेको भवनमै पठन-पाठन भइरहेको छ । दिक्तेल-पाथेका र दिक्तेल-खार्मी सडकको किनारामा रहेको विद्यालय प्रांगणबाट कैयौं नेता, सांसद, स्थानीय सरकार प्रमुख लगायतका जनप्रतिनिधि हिँड्छन् तर बालकन्य प्राविको जिर्ण भवनमा कसैका आँखा परेको छैन ।

अभिभावक बेलायती सेनाका भूतपूर्व  सार्जन शम्शेरबहादुर राईको पहलमा २०४० सालदेखि बालकन्य प्राविको नाममा पठन-पाठन सुरु गरिएको थियो । छाप्रोमा पठनपाठन हुँदैआएको विद्यालयलाई २०४४ सालमा जिल्ला शिक्षा कार्यालयमा विधिवत् दर्ता गरिएको हो । २०४४ सालमा अभिभावकले कच्ची भवन बनाउन श्रमदान गर्दा तत्कालीन पञ्चायतले जस्ता हाल्न सहयोग गरेको थियो ।

२०४६ सालमा ब्रिटिस गोर्खा वेलफेयरको सहयोगमा पुरानो भवनसँगै टाँसेर दुई तले कच्ची भवन बनाइयो । त्यसयता सो विद्यालयको कुनै पनि भवन बन्न सकेको छैन । स्थापनाकालकै डेस्क र बेञ्च प्रयोग गर्दैआएको विद्यालयलाई केही समयअघि वडा सदस्य पेमादोर्ची शेर्पाले फर्निचर उपलव्ध गराएपछि केही सहज भएको प्रधानाध्यापक राई बताउँछन् ।

कक्षा ३ सम्म पठनपाठन हुँदैआएको विद्यालयमा हाल २६ छात्र/छात्रा अध्ययनरत छन् । बालविकास केन्द्रमा १२ जना, कक्षा १ मा पाँच जना, कक्षा २ मा चारजना र कक्षा ३ मा पाँचजना विद्यार्थी छन् । उनीहरू साँघुरो र धुलाम्मे कोठामा बसेर अध्ययन गर्न बाध्य छन् । भवन निर्माणका लागि पटक-पटक नगरपालिका गुहार्न पुगे पनि सुनुवाइ नभएको वडा सदस्य कृष्णकुमारी पुरी बताउँछिन् । निवर्तमान मेयर दिपनारायण रिजालले कार्यरत शिक्षिका र कर्मचारीलाई शैक्षिक अनुदान उपलव्ध गराउनेबाहेकका सहयोग गरेनन् ।

नवनिर्वाचित मेयर तीर्थराज भट्टराईले गत १३ असारमा विद्यालयको भवनको भौतिक अवस्था, दरबन्दीदेखि राम्रा–नराम्रा पक्षका विषयमा सात दिनभित्र प्रतिवेदन उपलव्ध गराउन पत्राचार गरेका थिए । त्यो पत्र आएपछि अभिभावक र शिक्षक भवन पाउनेमा उत्साहित भएका थिए । भवन पाउने आशामा हौसिएर प्रतिबेदन बुझाए पनि भवनबाट बञ्चित गराइएको अभिभावक बताउँछन् ।

काज प्रधानाध्यापकको भर  

बालकन्या प्राविमा हाल शिक्षक दरबन्दी छैन । राई काजमा बालकन्या प्राविमा ल्याइएको हो । उनको दरबन्दी जालपा आवि पाथेकामा छ । राईसँग हाल शिक्षिका गायत्री अधिकारी र कास सुशीला पुरी कार्यरत छन् । स्थानीय सरकारले दरबन्दी दिन कञ्जुस गरिरहेको विव्यासका पूर्वअध्यक्ष पदम पुरी बताउँछन् ।

अघिल्लो कार्यकालमा नगरपालिकाबाट उपलव्ध हुने शैक्षिक अनुदानबाट शिक्षिका र कासलाई तलव खुवाउने गरिएको थियो । गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको चुनावपछि नेतृत्व परिवर्तनसँगै त्यो शैक्षिक अनुदान कटौती भएको छ । नगर अनुदानबाट तलव लिँदै आएकी शिक्षिका अधिकारीलाई तलब दिन नसकिने भन्दै हाजिर नगराउन पत्र पठाएपछि अभिभावकले निजी श्रोतबाट मसिक १५ हजार दिनेगरी अधिकारीलाई निरन्तरता दिएका छन् ।

अघिल्लो जनप्रतिनिधिले जसरी आफ्नो मान्छे नियुक्ति गर्दै अघि बढ्यो भने वर्तमान जनप्रतिनिधि पनि त्यसरी नै आफ्नै मान्छे राख्ने दाउमा रहेको स्राेत बताउँछ । आगामी दिनमा बालकन्या प्राविमा नयाँ भवन निर्माण गर्ने शिक्षक दरबन्दी व्यवस्थापनलाई पहिलो प्राथमिकता दिइने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रवक्ता दिनेशकुमार घिमिरेले बताए ।

सडकको धुलो कक्षा कोठामा 

सडकको कुनापट्टी बालकन्य प्राविको भवन रहेको छ । सवारीसाधनले उडाएको धुलो सिधै कक्षा कोठाभित्र छिर्ने गरेको छ । धुलोले विद्यार्थी, उनीहरूको कपडा र पुस्तक धुलाम्मे हुनेगरेको छ । विद्यालयको आँगन बराबरको सडकमा पानी छ्यापेर धुलो नियन्त्रण गर्ने गरिएको छ । विद्यालयमा आउने धुलो नियन्त्रणका लागि नगरपालिका समक्ष पानी छ्याप्न पोलिथिन पाइप माग्दासमेत नपाएको राई गुनासो गर्छन् । भवनको कुलेसोबाट पानी चिसाएर कक्षाकोठा चिसो हुने गरेको छ ।

विद्यार्थी संख्य घटेको भन्दै भौतिक संरचना कालिका प्रावि ओखरबोटेको मातहत रहनेगरी बालकन्य प्राविलाई २०६४-०६५ मा ‘कोल्याप्स’ गरिएको थियो । विद्यालय जाने उमेरका बालबालिकालाई अन्यत्र पठाउन अप्ठ्यारो भएपछि अभिभावकको पहलमा नगरपालिकाको अनुमतिमा २०७२ सालदेखि बालकन्य प्राविको भवनमा बालविकास केन्द्र सञ्चालनमा ल्याइएको थियो । पछि २०७४ मा बालकन्या प्राविलाई पुन: नयाँ विद्यालय सरहको दर्ता प्रक्रिया पूरा गरेर सञ्चालनमा ल्याइएको विव्यासका पूर्वअध्यक्ष पुरीले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् बैठक एक साताका लागि स्थगित
२०८२ असार ३१, मंगलबार
एमालेको ‘सदस्यता नवीकरण पूर्वअनिवार्य रूपमा परीक्षा दिनुपर्ने’
२०८२ असार ३१, मंगलबार
आगामी १० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछः ऊर्जा मन्त्री खड्का
२०८२ असार ३१, मंगलबार
नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा
२०८२ असार ३१, मंगलबार
भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने
२०८२ असार ३१, मंगलबार
‘ग्रास रुट’ अभियानले कार्यकर्तासँगको सम्बन्ध सुधार गरेको एमालेको निष्कर्ष
२०८२ असार ३१, मंगलबार
राष्ट्रियसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
२०८२ असार ३१, मंगलबार