असार ३२, २०८२ बुधबार July 16, 2025

अग्नी पीडित छात्रलाई दिक्तेल इङ‍्लिस बोर्डिङ स्कुलको आर्थिक सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः खोटाङको दिक्तेल इंलिस बोर्डिङ स्कुलले आगलागी पीडित छात्रलाई आर्थिक सहयोग प्रदान गरेको छ । पुस ९ गते भएको आगलागीबाट विस्थापित भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ झिसेपुका छात्र जोयल श्रेष्ठलाई दिक्तेल इंलिस बोर्डिङ स्कुलले आर्थिक सहयोग गरेको हो ।

मंगलबार बिहान दिक्तेल इंलिस बोर्डिङ स्कुलले छात्रका अभिभावक जिसन श्रेष्ठलाई नगद ५० हजारको चेक हस्तान्तरण गरेको छ । दिक्तेल इङ‍्लिस बोर्डिङ स्कुलमा अध्ययनरत छात्र श्रेष्ठलाई सोही स्कुलमा कार्यरत शिक्षक, कर्मचारी एवं विद्यालयकातर्फबाट रकम जुटाएर सहयोग गरिएको प्रिन्सिपल धनकर्ण श्रेष्ठले बताए ।

विद्यालयकातर्फबाट व्यवस्थापन समितिका अध्यक्ष नुरकाजी शैंजूले अभिभावक जेसन श्रेष्ठलाई चेक हस्तान्तरण गरेका थिए । स्कुलले छात्र श्रेष्ठलाई एक सेट ट्र्याकसुट र टाइबेल्ट पनि प्रदान गरेको छ । आगलागीबाट विस्थपित भएका छात्रको दैनिक जीवनयापनमा सहयोग पुर्‍याउनका लागि आर्थिक र पोशाक सहयोग गरेको स्कुलले जनाएको छ ।

आगलागी पिडित छात्रलाई शैंजु पुस्तक पसल दिक्तेलका प्रोपाइटर उत्सव शैंजुले एक सेट पुस्तक र स्टेशनरी प्रदान गरेका छन् । यस्तै, दुर्गाफेन्सी स्टोर रत्नपार्क दिक्तेलका प्रोपाइटर दिनेश राजभण्डारीले दुई सेट ड्रेस र मोजा प्रदान गरेका छन् । विद्युत सर्ट हुँला भएको आगलागीमा तीन घर, नगद, सुन, मालसामान लगायत जल्दा ८४ लाख ५६ हजार ५०० बराबरको क्षती भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आज चारवटा ससंदीय समितिको बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ असार ३२, बुधबार
आजको मौसम पूर्वानुमान : पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षाको सम्भावना
२०८२ असार ३२, बुधबार
स्पेन गएका नफर्किएपछि सीआईबीले थाल्यो अनुसन्धान
२०८२ असार ३२, बुधबार
भूमि विधेयक ‘फास्ट ट्रयाक’बाट पारित गर्न सहमति प्रयास
२०८२ असार ३२, बुधबार
खानेपानीमन्त्री यादवको एक वर्ष : मेलम्चीको पानी बाह्रै महिना काठमाडौँमा
२०८२ असार ३२, बुधबार
बिचौलियाको योजनामा जग्गा हेर्न पोखरासमेत गएका थिए गुप्ता र रञ्जिता, होटलकै बिल सात महिनासम्म बाँकी
२०८२ असार ३२, बुधबार
मेलम्ची बाढीको पीडा : वारिपारि हेर्दै चित्त बुझाउँदै
२०८२ असार ३२, बुधबार