असार ३२, २०८२ बुधबार July 16, 2025

मनमोहन प्राविधिक विश्वविद्यालयमामा शिक्षकको पेन डाउन, विद्यार्थीको तालाबन्दी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मोरङको बुढीगंगा गाउँपालिकामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयका शिक्षकहरू आन्दोलित भएका छन् । पटक पटक राखेको अफ्ना मागहरूलाई विश्वविद्यालय प्रशासनले बेबस्ता गरेको भन्दै शिक्षक र कर्मचारीहरू सङ्गठनहरू बुधवारबाट पेन डाउनमा उत्रिएका हुन् ।

यता शिक्षक र कर्मचारीहरूको आन्दोलनका कारण विद्यार्थीको पढाई अन्योलमा परेको भन्दै तत्काल माग पूरा गर्न भन्दै विद्यार्थीहरूले तालाबन्दी गरेका छन् ।

नेपाल सरकार, भारत सरकार र मनमोहन स्मृति प्रतिष्ठानको त्रिपक्षीय सम्झौता भई २०६५ सालदेखि सञ्चालनमा आएको मनमोहन प्राविधिक विद्यालयमा विद्यार्थीहरूले तालाबन्दी गरेका हुन् ।

विश्वविद्यालय कार्यरत कर्मचारी तथा शिक्षकहरू विगत केही समयदेखि विभिन्न माग राख्दै आन्दोलनरत छन् । व्यवस्थापन र आन्दोलनरत पक्षबीच पटक पटक छलफल भई माग पूरा गर्ने सहमति भएको थियो ।

मनमोहन प्राविधिक विश्वविद्यालय प्राध्यापक संघ र कर्मचारी संघले संयुक्तरुपमा शिक्षक र कर्मचारीहरूको हकहितलाई सम्बोधन गरिदिन उपकुलपतिलाई १८ बुँदे माग सहितको पत्र बुझाएका थिए । विभिन्न चरणमा छलफल भएको थियो , तर छलफल र परामर्श विपरीत शिक्षक, कर्मचारी लगायत प्राविधिकहरूको नियुक्ति तथा बढुवा सम्बन्धी कार्यविधि २०७९पारित भएको शिक्षकहरूको आरोप छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आज चारवटा ससंदीय समितिको बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ असार ३२, बुधबार
आजको मौसम पूर्वानुमान : पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षाको सम्भावना
२०८२ असार ३२, बुधबार
स्पेन गएका नफर्किएपछि सीआईबीले थाल्यो अनुसन्धान
२०८२ असार ३२, बुधबार
भूमि विधेयक ‘फास्ट ट्रयाक’बाट पारित गर्न सहमति प्रयास
२०८२ असार ३२, बुधबार
खानेपानीमन्त्री यादवको एक वर्ष : मेलम्चीको पानी बाह्रै महिना काठमाडौँमा
२०८२ असार ३२, बुधबार
बिचौलियाको योजनामा जग्गा हेर्न पोखरासमेत गएका थिए गुप्ता र रञ्जिता, होटलकै बिल सात महिनासम्म बाँकी
२०८२ असार ३२, बुधबार
मेलम्ची बाढीको पीडा : वारिपारि हेर्दै चित्त बुझाउँदै
२०८२ असार ३२, बुधबार