काठमाण्डौंः विश्व भाषा क्याम्पसले विभिन्न भाषामा नयाँ भर्ना खुलाएको छ । क्याम्पसले एक सूचना जरी गर्दै आगामी माघ १८ गतेदेखि सञ्चालन हुने चिनियाँ, फ्रान्सेली, जर्मन, जापानी, रसियन इटली, कोरियाली अरबिक, हिब्रु, प्रारम्भिक अंग्रेजी र लेखन अंग्रेजी भाषाहरुमा नयाँ भर्नाका लागि फारम खुला गरेको जनाएको हो ।
पुष १८ गतेदेखि २९ गतेसम्म फारम भर्न सकिने क्याम्पसले जनाएको छ । अंग्रेजी लेखन बाहेक अन्य सबै भाषाका लागि एसएलसी वा एसइइमा कम्तमिा सी ग्रेड प्राप्त भएको हुनुपर्ने पनि सूचनामा उल्लेख छ । यस्तै अंग्रेजी लेखनका लागि त्रिविबाट स्नातक तह वा सो सरह उतीर्ण भएको हुनुपर्ने उल्लेख छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया