असार २८, २०८२ शनिबार July 12, 2025

देशको अर्थतन्त्र सुधारमा सरकारको मुख्य ध्यान केन्द्रित : प्रधानमन्त्री

देशको अर्थतन्त्र जटिल र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ।अर्थतन्त्रलाई कसरी सुधार गर्ने भन्नेमा सम्पूर्ण ध्यान केन्द्रित भएको छ ।’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र सुधारमा सरकारको मुख्य ध्यान केन्द्रित भएको बताउनुभएको छ । आज बुधवार नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्याबारे आफू जानकार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘देशको अर्थतन्त्र जटिल र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । ब्याजदर वृद्धि, तरलता समस्यालगायत विषयमा सरकार जानकार छ । अर्थतन्त्रलाई कसरी सुधार गर्ने भन्नेमा सम्पूर्ण ध्यान केन्द्रित भएको छ ।’

उहाँले अर्थतन्त्रको वर्तमान चुनौतीलाई अवसरमा बदल्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘सामूहिक प्रयासबाट अर्थतन्त्रमा देखिएको सङ्कटलाई जोगाउने दायित्व सबैको हो । सार्वजनिक निजी साझेदारीको अवधारणालाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्नेछ ।’

भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले विद्यमान आर्थिक अवस्थाबारे सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । बैंक तथा वित्तीय संस्थामा उच्च ब्याजदर एवम् तरलता अभावका कारण लगानीको वातवरण बन्न नसकेको उहाँले बताउनुभयो । चेम्बरले सरकारलाई आठ बुँदे सुझावसमेत दिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया