असार ३२, २०८२ बुधबार July 16, 2025

जाडो छल्न धमाधम विद्यालय बिदा दिदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जाडो बढ्न थालेपछि महोत्तरीका विद्यालयमा बिदा दिन थालिएको छ । तीन दिनयता जिल्लाका सबैजसो भेगमा दिनभरि नै बाक्लो हुस्सु लागेर मुटु कमाउने सिरेटो लगातार बहिरहेपछि स–साना बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै जाडो बिदा दिन थालिएको हो ।

मनराशिशवा नगरपालिकाले नगर क्षेत्रका सबै विद्यालयमा जाडो बिदा दिएको छ । “घाम नदेखिएको तीन दिन भइसक्यो, दिनभरि चिसो स्याँठ चल्छ”, मनराशिशवाका प्रमुख मोहन पाण्डेले भने । शुक्रबारसम्म बिदा दिइएको छ । नगरपालिकामा आधारभूत र मावि तहका गरी १६ विद्यालय छन् ।

जिल्लाका अन्य १४ स्थानीय तहका विद्यालयमा पनि अधिकांश विद्यार्थी चिसोका कारण विद्यालय आउन छाडेका छन् । केही दिनयता विद्यार्थीको उपस्थिति ह्वात्तै घटेको छ । मौसममा सुधार नभए केही दिन बिदा दिने तयारी भएको सो नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले बताए । मनराशिशवा नगरपालिकाले बस्तीबस्तीका चोकमा दाउराको व्यवस्था गरेको छ ।

यसैगरी मटिहानी नगरपालिकाले नौवटै वडाका बस्तीमा ‘सुनौलो हजार दिन’ (गर्भवती अवस्थादेखि शिशु स्याहारसम्म चरणको अभियानमा आबद्ध) आमालाई पोषिलो आहारसहितको झोला वितरण सुरु गरेको छ । नगरभित्रका पाँच सय जना ‘सुनौलो हजार दिन’ अभियानमा आबद्ध आमा छन् । नगरपालिकाले मधेस प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको सहयोगमा नगर क्षेत्रका स्वास्थ्यचौकीमार्फत आमाहरूलाई पोषिलो आहारसहितको झोला वितरण गरेको हो । झोलामा एक–एक किलोग्राम परिमाणमा मिठो दलिया, दाल मिश्रित खिचड़ी र स्पेशल खिर सुपर प्लससहितका खाद्य परिकार दिइएको छ ।

यसैबीच बढ्दो चिसोलाई मध्यनजर गर्दै जिल्ला विपद् व्यवस्थापन समितिले प्रकोप हुन नदिन पूर्वतयारीका काम थालेको छ । यसक्रममा गरिब बस्तीमा आवश्यक न्यानो कपडाको बन्दोबस्त, आगो बाल्ने दाउरा र स्वास्थ्य जाँच एवं उपचारका लागि विभिन्न सामाजिक सङ्संस्था तथा स्थानीय तहको समन्वयमा जनशक्ति व्यवस्थापनको पूर्वतयारी थालिएको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आज चारवटा ससंदीय समितिको बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ असार ३२, बुधबार
आजको मौसम पूर्वानुमान : पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षाको सम्भावना
२०८२ असार ३२, बुधबार
स्पेन गएका नफर्किएपछि सीआईबीले थाल्यो अनुसन्धान
२०८२ असार ३२, बुधबार
भूमि विधेयक ‘फास्ट ट्रयाक’बाट पारित गर्न सहमति प्रयास
२०८२ असार ३२, बुधबार
खानेपानीमन्त्री यादवको एक वर्ष : मेलम्चीको पानी बाह्रै महिना काठमाडौँमा
२०८२ असार ३२, बुधबार
बिचौलियाको योजनामा जग्गा हेर्न पोखरासमेत गएका थिए गुप्ता र रञ्जिता, होटलकै बिल सात महिनासम्म बाँकी
२०८२ असार ३२, बुधबार
मेलम्ची बाढीको पीडा : वारिपारि हेर्दै चित्त बुझाउँदै
२०८२ असार ३२, बुधबार