असार ३२, २०८२ बुधबार July 16, 2025

विद्यार्थीलाई उद्यमी बनाउन चितवनका तीन क्याम्पस छनोट

भरतपुरको सप्तगण्डकी बहुमुखी , प्रेसिडेन्सी र सहिद स्मृति क्याम्पस छनौटमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन कार्यक्रमअन्तर्गत विद्यार्थीलाई उद्यमी बनाउन चितवनका तीन क्याम्पसलाई छनोट गरेको छ । क्याम्पसबाट प्राप्त प्रस्तावनाका आधारमा आयोगले विद्यार्थी पढ्दै उद्यमी बन्न पाउने अवसरका लागि चितवनका तीन क्याम्पसलाई छनोट गरेको हो ।

अनुदान आयोगले छानेको क्याम्पसमा भरतपुरको सप्तगण्डकी बहुमुखी , प्रेसिडेन्सी र सहिद स्मृति क्याम्पस रहेका छन् । देशभरबाट १८ क्याम्पस अनुदान आयोगले छनोट गरेको हो । देशभरका उत्कृष्ट शैक्षिक संस्थालाई विश्वविद्यालय अनुदान आयोगले यो परियोजनाका लागि छनोट गरेको हो ।

यस कार्यक्रमअनुसार हरेक क्याम्पसबाट उद्यमशील बन्नका लागि ३० विद्यार्थी छनोट हुनेछन् । उनीहरूले उद्यमशीलताको तालिम लिइसकेपछि सबै प्रक्रिया पूरा गरेर विद्यार्थीले व्यवसाय गर्न रु पाँच लाखदेखि ४० लाखसम्म प्राप्त गर्नेछन् ।

छनोटमा परेका विद्यार्थीले देश तथा विदेशमा गएर उद्यमशीलतासम्बन्धी तालिम लिने अवसर पनि प्राप्त गर्नेछन् । तालिमका लागि प्रतिविद्यार्थी रु ५० हजार र पाठ्यक्रमको विकास गर्न क्याम्पसले रु १५ लाख प्राप्त गर्ने सप्तगण्डकी बहुमुखी क्याम्पस व्यवस्थापन विभागका प्रमुख डा कपिलदेव सुवेदीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पढ्दै र कमाउँदै कार्यक्रमलाई उच्च शिक्षामा प्रयोग गर्न खोजिएको हो । यसका लागि क्याम्पसले विद्यावारिधि गरेका प्राध्यापक नियुक्त गरेर काम सुरु गर्नुपर्छ ।

यो नयाँ अवधारणाअनुसार आएको योजना हो । विद्यार्थीले ३० देखि ६० घण्टासम्म उद्यमशीलता तालिम पनि यो योजनाको लागि लिनुपर्ने हुन्छ ।” उहाँले क्याम्पसहरूले पाएको यो राम्रो अवसर भएकाले यसलाई सहीरूपमा सदुपयोग गर्नुपर्ने बताउनुभयो । – रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आज चारवटा ससंदीय समितिको बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ असार ३२, बुधबार
आजको मौसम पूर्वानुमान : पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षाको सम्भावना
२०८२ असार ३२, बुधबार
स्पेन गएका नफर्किएपछि सीआईबीले थाल्यो अनुसन्धान
२०८२ असार ३२, बुधबार
भूमि विधेयक ‘फास्ट ट्रयाक’बाट पारित गर्न सहमति प्रयास
२०८२ असार ३२, बुधबार
खानेपानीमन्त्री यादवको एक वर्ष : मेलम्चीको पानी बाह्रै महिना काठमाडौँमा
२०८२ असार ३२, बुधबार
बिचौलियाको योजनामा जग्गा हेर्न पोखरासमेत गएका थिए गुप्ता र रञ्जिता, होटलकै बिल सात महिनासम्म बाँकी
२०८२ असार ३२, बुधबार
मेलम्ची बाढीको पीडा : वारिपारि हेर्दै चित्त बुझाउँदै
२०८२ असार ३२, बुधबार