असार २८, २०८२ शनिबार July 12, 2025

राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा गर्ने मन्त्रिपरिषदको निर्णय

राष्ट्रियसभाको रिक्त एक पदमा २५ माघमा उपनिर्वाचन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा गराउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको हो । लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेको ठाउँमा निर्वाचन हुन लागेको हो ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीहरूलाई बोलाएर छलफल गरेका थिए । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा निर्वाचन आयोगका पदाधिकारीसँग प्रधानमन्त्री प्रचण्डले गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाा सदस्य निर्वाचनको समीक्षा गर्दै राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि गरिने निर्वाचनको विषयमा छलफल गरेका थिए ।

सरकारको समर्थनमा आयोगले राष्ट्रपति निर्वाचनको मिति तोक्ने संवैधानिक व्यवस्था रहेको छ । सोही विषयमा छलफल गर्न आयोगका पदाधिकारी बालुवाटार पुगेका थिए । सोही छलफलमा राष्ट्रियसभाको रिक्त एक पदमा उपनिर्वाचन गराउनेबारे छलफल भएको थियो । आयोगको सुझावअनुसार सरकारले माघ २५ मा उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया