असार २८, २०८२ शनिबार July 12, 2025

बाजुरा झडपमा मृत्यु भएका सञ्जीव र चेतन ऐडीको परिवारलाई जनही १० लाख दिने सरकारको निर्णय (पूर्णपाठ)

कम्बोडियामा आगलागीका कारण मृत्यु भएका निराकर पाण्डेको शव नेपाल ल्याउन पहल गर्ने र लागेको खर्च सरकारले नै व्यहोर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका क्रममा झडपमा परेर मृत्यु भएका बाजुराका सञ्जीव ऐडी र चेतनदीप ऐडीको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आज अर्थ मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मृतकको परिवारलाई १०–१० लाख आर्थिक सहयोग गर्ने निर्णय भएको जानकारी गराउनुभयो ।

यस्तै मन्त्रीपरिषद्ले कम्बोडियामा आगलागीका कारण मृत्यु भएका निराकर पाण्डेको शव नेपाल ल्याउन पहल गर्ने र लागेको खर्च सरकारले नै व्यहोर्ने निर्णय गरेको छ ।

मन्त्री परिषद् बैठकले लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा आगामी माघ २५ गते उपनिर्वाचन गर्ने निर्णय गरेको उपप्रधान एवं अर्थ मन्त्री पौडेलले जानकारी दिनुभयो ।

त्यसैगरी हिजो बसेको मन्त्रिपरिषद् बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्नका लागि व्यवस्थापन सर्वेक्षण गर्ने निर्णय पनि गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया