काठमाडौंः नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारप्रति साझा धारणा बनाउन कांग्रेस संसदीय दलको बैठक आज अपरान्ह बस्न लागेको हो ।
एमाले-माओवादीसहित सात राजनीतिक दल र ३ स्वतन्त्रसहित १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही पुस २६ गते विश्वासको मत लिँदैछन् ।
बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई मत दिने वा नदिने भन्नेबारे साझा धारणा तय गर्नेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया