श्रावण ७, २०८२ बुधबार July 23, 2025

सरकारमा नरहे पनि कांग्रेस कमजोर छैन : मोहनबहादुर बस्नेत

सरकारमा नरहे पनि कांग्रेसको भूमिका नघट्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले आजको संसदीय दलको बैठकमा सामान्य विषयमा मात्रै छलफल भएको बताएका छन् । आज पहिलो बैठक भएकाले आगामी २६ पुसमा हुने संसदको पहिलो बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयले पनि प्रवेश पाएको बताए ।

उनले कांग्रेस ठूलो पार्टी भएका हिसाबले सरकारको विभिन्न तहमा हिस्सेदारी, सरकारमा सहभागीताका विषयमा विभिन्न दलहरूसँग छलफल पनि भएरहेको बताए । यसका लागि कांग्रेसले आफ्ना कुरा राख्दै आएको बताए ।

उनले अहिले विभिन्न दलहरू सांसद बोकेर पसल थापिरहेको र यसमा कांग्रेसले आफ्नो निर्णय सुनाइरहेको बताए । संसदीय दलको बैठकबाट बारिने क्रममा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा नरहे पनि कांग्रेसको भूमिका नघट्ने बताए । उनले बोका मोटाए पनि हजार धार्नी हात्ती दुब्लाए पनि हजार धार्नी भनेर व्यङ्य पनि गरे । उनले आगामी बैठक २६ पुस  बिहान बस्ने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया