श्रावण ७, २०८२ बुधबार July 23, 2025

सरकारलाई सफल बनाउन एमालेले पूर्ण सहयोग गर्छ: अध्यक्ष ओली

संसद् र संसदीय समितिहरूमा भूमिका खेल्न सांसदहरूलाई एमाले अध्यक्ष ओलीको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल र जनपक्षीय बनाउन नेकपा एमालेले सबै प्रकारका सहयोग गर्ने बताउनुभएको छ ।

नेकपा एमाले संसदीय विभागले आज संसद् भवन नयाँ बानेश्वरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष ओलीले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिलाउन र सरकारका कामहरू प्रभावकारी बनाउन एमालेले सबै प्रकारको सहयोग गर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले नेपालमा नेपाली आफैले सरकार चलाउनै नसक्ने गरी वैदेशिक चलखेल र हस्तक्षेप हुने गरेको बताउनुहुँदै वर्तमान सरकार त्यसको विरुद्ध उभिने बताउनुभयो ।

अध्यक्ष ओलीले नेपालमा आफु अनुकूलको सरकार बनाउने प्रयास गर्नुभन्दा बनेको सरकारको अनुकूल हुने गरी सहकार्य गर्ने नीति लिन मित्र राष्ट्रहरूसँग आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष ओलीले जनताले मन नपराउने कुनै पनि गतिविधिमा संलग्न नहुन र विषयगत विज्ञताका साथ संसद् र संसदीय समितिहरूमा भूमिका खेल्न सांसदहरूलाई निर्देशन समेत दिनुभयो ।

मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेकपा एमालेको तर्फबाट निर्वाचित सांसदहरूका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रम भोलि सम्म चल्ने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
पुष्पलालको विचारलाई व्यवहारमा उतार्न आवश्यक : मुख्यमन्त्री कँडेल
२०८२ श्रावण ७, बुधबार
विद्या भण्डारीको सदस्यता नवीकरण प्रक्रिया निष्क्रिय भइसक्यो : महासचिव शंकर पोखरेल
२०८२ श्रावण ७, बुधबार
चुरे संरक्षणका लागि दोहन रोकौं : उपप्रधानमन्त्री सिंह
२०८२ श्रावण ७, बुधबार
मधेश प्रदेश विपद संकटग्रस्त क्षेत्र घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रधानमन्त्रीको विशेष सम्बोधन स्थगित
२०८२ श्रावण ७, बुधबार